काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयका लागि उपकुलपति चयनको प्रक्रिया अगाडि बढिरहेको छ । मेरिटोक्रेसीको नाम दिएर बढाइएको उक्त प्रक्रियाको आरम्भमै व्यापक प्रश्न उठेको छ । उपकुलपति पदका आवेदकहरूले प्रस्तुत गरेको सोचपत्र र रणनीति परीक्षणका लागि बोलाइएका विज्ञहरूमध्ये एकले परीक्षण गर्न आफू गएको खुलेयाम निर्धक्क बताउँदै हिँडेका छन् । जानकारहरूका अनुसार दुईजना विज्ञमध्ये एक विज्ञ आवेदकहरू मध्येका एकसँग अति निकट देखिने गरेको सुनिन्छ । पूर्वशिक्षाध्यक्ष, पूर्वकुलसचिव र वर्तमान निमित्त उपकुलपति समेतले दाबी प्रस्तुत गरेको अवस्थामा आजसम्म कुनै सोचपत्र नलेखेको र विश्वविद्यालयको नेतृत्व सामथ्र्यका विषयमा कुनै पूर्वानुभव समेत नभएको र उपकुलपति जस्तो उच्च पद चयन गर्नसक्ने पदीय जिम्मेदारीमा नरहेकालाई विज्ञका रूपमा बोलाइनुले सबैमा शंकामात्र उब्जिएको छैन, यहाँ चलखेल पूर्ण रूपमा चलेको आशंका बढेको छ । त्यसमा पनि संस्कृत विश्वविद्यालयमा संस्कृतको शून्य ज्ञान भएको व्यक्ति नियुक्त गर्ने चलखेल भइरहेको आशंका उपकुलपति पदका आवेदकहरू नै गर्न लागेका छन् ।
उपकुलपति चयनको प्रक्रिया नटुंगिँदै विज्ञ भएर काम गरेको दाबी गर्ने एकजनाले आफू विज्ञ भएको सार्वजनिक गर्दै हिँड्नुले सोचपत्रका सम्बन्धमा समेत प्रश्न उठेको छ । कतै सोचपत्र बारे पूर्वजानकारी पाएकैलाई नै विज्ञ बनाइएको त थिएन ? भन्ने प्रश्न उठ्नु स्वाभाविक देखिएको चर्चा चल्न लागेको छ ।
पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानमा निजी क्याम्पसमा लगानी गरेबापत पहिलो नम्बरमा रहेकालाई हटाएर दोस्रोलाई डीन नियुक्त गरिएको भन्ने शंका व्याप्त गरिँदै थियो । अन्यत्र पनि मेरोटेक्रेसीका नाममा निकटोक्रेसी भएको गुनासाहरू पर्याप्त छन् ।
संस्कृत विश्वविद्यालय अन्तर्गतको अध्ययन, अनुसन्धान र अध्यापनलाई चुस्त गराउने, निष्पक्षतापूर्वक योग्यम् योग्यायको नीति लागू गर्ने, सुशासन र पारदर्शी प्रशासन चाउनेको खाँचो छ । संस्कृत भाषाको ज्ञान नभएको, यो क्षेत्रको अनुशासन र मर्यादा नबुझेको र आजका दिनमा यो क्षेत्रको भविष्यका बारे परिकल्पना गर्न नसक्नेहरूको पद नियुक्ति हुने हो कि र चलखेलवाद नै निर्णायक हुने हो ? सन्देह उत्पन्न भएको जानकारहरू बताउँछन् । पदाधिकारी चयन निर्णय प्रक्रियामा प्रवेश भएको नेसंवि, कृषि विवि र पोखरा विश्वविद्यालयहरूमा के हुन्छ यस क्षेत्रमा पर्याप्त चासो देखिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच