
काठमाडौं । सरकारले औद्योगिक तथा लगानी प्रवद्र्धन कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८१ सार्वजनिक गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको कार्यविधि मुलुकको औद्योगिक विकासका लागि लघु, घरेलु तथा साना उद्योग विकास औद्योगिक प्रवद्र्धन, रुग्ण उद्योग पुनरुत्थान, पुनर्निर्माण तथा व्यवस्थापन एवं महिला उद्यमशीलताको विकास गर्न ल्याएको जनाएको छ ।
मन्त्रालयका अनुसार कार्यविधि औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ५१ बमोजिम औद्योगिक लगानी प्रवद्र्धन कोषको रकम उपयोग गर्ने सम्बन्धमा प्रक्रियागत व्यवस्था गर्न औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ६८ ले दिएको अधिकार प्रयोग गरी बनाइएको हो ।
कार्यविधिअनुसार लघु उद्यम, घरेलु तथा साना उद्योग विकाससम्बन्धी कार्य, प्रविधिसम्बन्धी, औद्योगिक प्रवद्र्धनसम्बन्धी र रुग्ण उद्योग पुनरुत्थान, पुनर्निर्माण तथा व्यवस्थापन, महिला उद्यमशीलता विकाससम्बन्धी कार्य गर्न सकिने छ । उल्लेखित कार्य सम्बन्धित केन्द्र तथा विभागले सञ्चालन गर्न सक्ने छन् । कार्यक्रमका लागि अनुदान प्रदान गर्ने गरी कार्यविधिबमोजिम कार्यक्रम सञ्चालन गर्दा रकम लगानी तथा खर्च गर्न सकिने छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच