काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को पाँच महिनामा सात खर्ब ३५ अर्ब १४ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको पहिलो पाँच महिना अर्थात् साउनदेखि मंसिरसम्मको तथ्यांकअनुसार सो अवधिमा नेपालले पाँच खर्ब ८७ अर्ब ८२ करोड ८८ लाख रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ । गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष छ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख रुपैयाँ बराबरको आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा छ खर्ब ४२ अर्ब दुर्ई करोड बराबरको आयात भएको थियो ।
गत वर्षको समीक्षा अवधिको तुलनामा यस वर्षको पाँच महिनामा १६.५ प्रतिशतले निर्यातमा सुधार आएको छ । पाँच महिनामा ७३ अर्ब ६५ करोड रुपैयाँ बराबरको निर्यात भएको हो । अघिल्लो वर्ष सोही अवधिमा ६३ अर्ब २० करोड रुपैयाँ बराबरको निर्यात भएको थियो ।
चालु आर्थिक वर्षको पाँच महिनामा ७३ अर्ब ६५ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । अघिल्लो वर्ष सोही अवधिमा ६३ अर्ब २० करोड रुपैयाँ बराबरको निर्यात भएको थियो ।
चालु वर्षको साउनमा एक खर्ब २८ अर्ब, भदौमा एक खर्ब ३४ अर्ब, असोजमा एक खर्ब २८ अर्ब रुपैयाँ र कात्तिकमा एक खर्ब २३ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो । मंसिरमा भने कात्तिकको तुलनामा २५ अर्ब रुपैयाँभन्दा बढीको आयात भएको हो । विगतका वर्षहरूमा असोज कात्तिकमा बढी आयात हुने र मंसिरमा कम हुने गरेको थियो । निर्याततर्फ सबैभन्दा बढी योगदान भटमास तेलको रहेको छ । पाँच महिनामा आठ अर्ब ३६ करोड रुपैयाँ बराबरको भटमासको तेल निर्यात भएको छ । तर, गत वर्ष सोही अवधिमा ३६ करोडको मात्रै भटमास तेल निर्यात भएको थियो । नेपालले तेस्रो मुलुकबाट कच्चा तेल ल्याएर प्रशोधन गरी भारत निर्यात गर्ने गरेको छ । आयाततर्फ सबैभन्दा धेरै डिजेल र पेट्रोलको आयात छ । गत वर्षको सोही अवधिको तुलनामा भने डिजेल आयात २१ र पेट्रोल सात प्रतिशतले घटेको छ । पाँच महिनामा ४२ अर्ब १७ करोडको डिजेल र २६ अर्ब ४५ करोडको पेट्रोल आयात भएको हो ।
भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो समय विद्युतीय गाडीको आयात बढेको छ । मंसिरमा एक हजार दुई सय आठवटा विद्युतीय गाडी आयात भएका छन् । कात्तिक मसान्तसम्म आठ अर्ब ३७ करोड बराबरका तीन हजार चार सय ८७ वटा विद्युतीय गाडी आयात भएका थिए । तर, चालु आर्थिक वर्षको पाँच महिनामा नेपाल भित्रिने इभीको संख्या चार हजार छ सय ९५ युनिट पुगेको छ । समीक्षा अवधिमा ११ अर्ब २६ करोड ३८ लाख रुपैयाँ बराबरका विद्युतीय गाडी आयात हुँदा छ अर्ब ९६ करोड २८ लाख रुपैयाँ राजस्व संकलन भएको पनि विभागले जनाएको छ । विभागका अनुसार समीक्षा अवधिमा ५० किलोवाट मोटर क्षमताका दुई अर्ब ७३ करोड बराबरका एक हजार चार सय ९० युनिट गाडी आयात भएका छन् भने ५१ किलोवाटदेखि सय किलोवाटका छ अर्ब ९३ करोड बराबरका दुई हजार सात सय ५७ युनिट, एक सय एक किलोवाटदेखि दुई सय किलोवाटका एक अर्ब ५५ करोड बराबरका चार सय ४३ युनिट गाडी आयात भएका छन् ।
त्यस्तै दुई सय एक किलोवाटदेखि तीन सय किलोवाटसम्मका तीन करोड २३ लाख बराबरका पाँचवटा गाडी आयात भएका छन् भने तीन सय किलोवाटमाथिका ८३ लाख २३ हजार रुपैयाँमा दुई युनिट आयात भएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच