एजेन्सी । ब्राजिलको दक्षिणी सहर ग्रामाडोमा एउटा विमान दुर्घटना हुँदा त्यसमा सवार सबै १० जनाको मृत्यु भएको छ।
सीएनएनका अनुसार विमान खसेको क्षेत्रमा १७ जना घाइते भएका छन्। ब्राजिलको नेसनल सिभिल डिफेन्सका अनुसार आइतबार बिहान विमान उडेको केही मिनेटमै दुर्घटना भएको हो।
सुरुमा विमान एउटा भवनमा, त्यसपछि एउटा निवासमा र अन्त्यमा फर्निचर स्टोरमा ठोकिएको थियो। दुर्घटनापछि निस्केको आगोबाट निस्किएको धुवाँका कारण अधिकांशलाई अस्पतालमा भर्ना गरिएको बताइएको छ।
रियो ग्रान्डेका गभर्नर डो सुल एडुआर्डो लेइटले विमानमा सवार सबै १० जनाको मृत्यु भएको बताए। मृत्यु हुने सबै एउटै परिवारका सदस्य भएको राज्य नागरिक रक्षाले जनाएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच