लोककतन्त्रको सुन्दर पक्ष भनेकै पारदर्शी शासन व्यवस्था हो । यतिबेला राजनीतिक दलका नेताहरूमा यसको अभावकै कारण व्यवस्थामाथि नै संकट आउन सक्ने अड्कलबाजी हुन थालेका छन् । व्यवस्थामाथि देखिएको वितृष्णाको प्रमुख कारण नेताहरू नै हुन् । नेताहरू नसच्चिए दलमाथि मात्र होइन जनताले व्यवस्थामाथि नै प्रश्न नउठाउलान् भन्न सकिँदैन । व्यवस्थाको लोकप्रियताका लागि नेताहरूमा आत्म अनुशासन तथा पारदर्शिताको खाँचो अपरिहार्य छ । आत्म अनुशासनले मात्र लोकतन्त्र बलियो र राजनीतिक दलप्रति आकर्षण बढ्छ ।
राजनीतिमा मात्र होइन यतिबेला सामाजिकरूपमा पनि आत्म अनुशासनको संकट देखिन्छ । समाज विश्लेषकहरूका अनुसार यतिबेला समाजमा हुने अदृश्य सामाजिक बन्धन कमजोर बन्दै गएका छन् । उनीहरूको दाबीलाई आधार लिने हो भने समाजमा अपराध बढ्नुको कारण यी अदृश्य सामाजिक, सांस्कृतिक तथा नैतिक बन्धन कमजोर हुनु हो । समाजलाई पथ प्रदर्शन गर्ने, सुव्यवस्थासाथ चलाउने अदृश्य बन्धन जुन हुन्छ, ती बन्धनहरू आजभोलि कमजोर भएका छन् । नैतिक सामाजिक बन्धनले मानिसभित्रको आत्म अनुशासन बढाउँछ । आत्म अनुशासनको कमीकै कारण दिनानुदिन हाम्रो समाजमा अराजकता आगोझैँ फैलिएको छ ।
समाजका यी अदृश्य बन्धनहरू कमजोर हुँदा अपराधहरू बढेको र प्रहरी प्रशासन तथा अदालतमा धेरै मुद्दाहरू परेको उनीहरूको तर्क छ । व्यक्तिमा नैतिक बन्धन कमजोर हुँदा मैले जे गरे पनि हुन्छ, जसो गरे पनि हुन्छ भन्ने भावना बढ्दै जान्छ । यतिबेला अधिकांश मानिस आफ्नो निहित स्वार्थ पूरा गर्न क्रियाशील हुनुको कारण नैतिक बन्धनको अभाव हो, जसले समाजलाई विचलित गराउँदै छ । मानिसको अदृश्य व्यवहारलाई व्यवस्थापन गर्न देशको संविधान र कानुनमात्रले पर्याप्त हुँदैन । इमानबाट चल्ने नैतिक बन्धन, सामाजिक, सांस्कृतिक बन्धन, वाचा बन्धन, लिखतका बन्धनलाई प्रोत्साहन गर्नुपर्ने आजको टड्कारो आवश्यकता हुन्छ ।
‘अरू कसैले नदेखे पनि भगवान्ले देख्लान्’ भन्ने त्रासबाट मान्छे मुक्त हुँदै गएकै कारण वर्तमानमा यी समस्या देखापर्दै गएका छन् । पाप र धर्मले समाजमा नैतिक, सामाजिक र सांस्कृतिक बन्धनमा बल पुर्याउन मद्दत गर्छ । विस्तारै त्यो स्खलित हुनुमा धर्मप्रतिको नास्तिक प्रवृत्ति बढ्दै जानु पनि हो, भनिन्छ ।
यो शिक्षा, मनोवैज्ञानिक उपचारलगायतका प्रश्नहरूमार्फत् गरिने कुरा हो । यसो नगर्दा खेरी हामीले जति कानुनमा संशोधन गरे पनि, जति नै थुना र कारागार बनाए पनि नपुग्ने अवस्था आउन सक्छ । ‘अरू कसैले नदेखे पनि भगवान्ले देख्लान्’ भन्ने त्रासबाट मान्छे मुक्त हुँदै गएकै कारण वर्तमानमा यी समस्या देखा पर्दै गएका छन् । पाप र धर्मले समाजमा नैतिक, सामाजिक र सांस्कृतिक बन्धनमा बल पुर्याउन मद्दत गर्छ । विस्तारै त्यो स्खलित हुनुमा धर्मप्रतिको नास्तिक प्रवृत्ति बढ्दै जानु पनि हो, भनिन्छ ।
नैतिकता मानिसको एक प्रकारको जीवनशैली हो । व्यक्तिले कसरी आफ्नो र अरूका बारेमा सोच्छ, अरूसँग कसरी अन्तरक्रिया गर्छ र समाजमा कसरी व्यवहार गर्छ भन्ने कुरालाई मार्गदर्शन गर्ने साझा मान्यता नै नैतिकता हो । नैतिक मूल्य-मान्यता देश, काल, परिस्थिति, सामाजिक-सांस्कृतिक अवस्था र धार्मिक प्रचलनअनुसार फरक-फरक भए तापनि मानवका रूपमा गर्ने व्यवहारमा भने केही सर्वमान्य नैतिक मान्यता रहेका हुन्छन् । नैतिकता व्यक्तिको व्यवहारलाई सही र गलत मार्गदर्शन गर्ने मूल्यमान्यता र सिद्धान्तको सँगालो हो । नैतिक नियमले सधैं व्यक्तिको सुव्यवहारलाई निर्देशित गर्छ । उसलाई सही बाटोमा डोहोर्याइरहेको हुन्छ । व्यक्तिमा जब निजी स्वार्थले सार्वजनिक स्वार्थलाई जित्छ तब नैतिक समस्या अगाडि आउँछ ।
समाजलाई सुव्यवस्थितरूपमा सञ्चालन गर्नका लागि सामाजिक, सांस्कृतिक तथा नैतिक बन्धनहरूको प्रवद्र्धन गर्नुपर्छ । मानिसहरू स्वयं नैतिक बन्धनमा नबाँधिए कानुनलाई जति संशोधन गरे पनि अपराध न्यूनीकरण हुन सक्दैन । ठूलाठूला दण्ड र सजायले मात्रै अपराधको अन्त्य गर्न सक्दैन ।
नैतिक बन्धनको अभावमा प्रहरी, अदालत, अपराध भइसकेपछि अनुसन्धान गर्नेले अथवा अपराध भइसकेपछि अभियोजन गर्नेले, अभियोजन भइसकेपछि बहस गराएर सुनेर फैसला गर्ने निकायहरूले मात्र रक्षा गर्न सक्दैन । त्यतिमात्र नभएर उनीहरूले शान्ति, सुव्यवस्थाको पनि रक्षा गर्न सक्दैनन् । यदि नागरिक सचेत भएनन् भने नागरिकले आफ्नो दायित्व बुझेनन् भने सुशासन दिलाउने जिम्मेवारी पाएको निकायले मात्र केही काम गर्न सम्भव छैन ।
सार्वजनिक नैतिकता, विधिको शासन, पारदर्शिता र उत्तरदायित्व सुशासनका आधारभूत तत्व हुन् । साथै सार्वजनिक ओहोदामा बसेको पदाधिकारीले आफ्नो जिम्मेवारी पूरा गर्दा संवैधानिक कानुनी तथा विशेषज्ञ अधिकार तथा बजेट र कानुनी सीमा प्राप्त गरेको हुन्छ । उसले आफ्नो दायित्व र नैतिक आचरण पालना गर्नु अनिवार्य शर्त हुन्छ । सार्वजनिक कार्य सम्पन्न गर्दा अधिकारको प्रयोग गरी निर्णय लिने र बजेट खर्च गर्ने गरिन्छ । निर्णय गर्दा कानुन र प्रक्रियाको पालना, अधिकारको सुप्रयोग, बजेट खर्च तथा सोको उपलब्धिप्रति निर्णयकर्ता उत्तरदायी हुनुलाई उत्तरदायित्व बहन गर्नु भनिन्छ ।
सार्वजनिक पद धारण गरेको व्यक्तिको गोपनीयता कम र पारदर्शिता बढी हुनुपर्छ । राजनीतिक नेतृत्वमा बसेको व्यक्तिले गरेका सार्वजनिक सरोकारसँग सम्बन्धित कामकारबाहीबारे नागरिकलाई थाहा दिनु सम्बन्धित पदाधिकारी तथा नेतृत्वको नैतिक दायित्व हो । तर, हाम्रो राजनीतिक नेतृत्वमा पारदर्शिताको अभावकै कारण जनता चरम निराशामा छन् । चुनाव खर्च, पार्टी सञ्चालन र नेतृत्वको पारिवारिक आयस्रोतबारे नागरिक अझै पनि सशंकित र अनभिज्ञ छन् । कतिपय राजनीतिक नेतृत्वको पारिवारिक जीवनशैली र चालचलनबारे नागरिकले नजिकबाट चासो राख्छन् । खर्चिलो जीवनशैलीको आर्थिक स्रोत के हो भन्ने प्रश्न आमजनमानसमा उठ्न थालेको छ । सामाजिक जीवनशैली जस्तो बन्छ, राजनीतिक सत्ता-संरचना पनि त्यस्तै बन्छ । समाजको प्रत्यक्ष प्रतिबिम्ब राजनीतिक सत्तामा पर्छ भने राजनीतिक सत्ताको प्रत्यक्ष असर समाजमा हुन्छ ।
भलै हिजोको प्रतिबन्धित जीवन र साँघुरा विचार आज स्वतन्त्र र फराकिला बन्दै गएका छन् । तर, त्यही मेसोमा समाजमा अराजकता बढ्दै जानुका पछाडि विभिन्न कारण हुन सक्छन् । प्रशासनिक अस्तव्यस्तता र राजनीतिक अराजकताका कारण पनि समाजमा विचलन आउन सक्छ । हाम्रा सामाजिक मूल्य-मान्यता खस्किँदै गएका छन् । हाम्रा विश्वास र भरोसाका धरोहर विस्तारै धर्मराउन थालेका छन् । आशा र सपना मर्दै गएका कारण सामाजिक विचलन हुन्छ । आखिर किन हाम्रा विचार र भावना विचलित हुँदै छन् ? हाम्रा विश्वासहरू अविश्वासमा, हाम्रा भरोसाहरू आशंकामा, मित्रताहरू शत्रुतामा, आशाहरू निराशामा, एकताहरू विभाजनमा, प्रेमहरू घृणामा, इमानहरू बेइमानमा बदलिँदै जानुको पछाडि नैतिक तथा सामाजिक बन्धनको अभाव नै हो । नैतिक बन्धन कमजोर बन्दै गएकै कारण हामीमा नजानिँदो गरी यी समस्या सिर्जित हुँदै छन् ।
यतिबेला नेपाली समाजमा आत्म अनुशासनको खाँचो छ । आत्म अनुशासनको अभावमा नैतिक बन्धन कमजोर हुँदा सामाजिक अराजकता बढ्दै गएका छन् । आत्मा साक्षी राखी विवेकीहरूबाट प्रस्फुटित अनुशासनका बेहोराहरू अवलम्बन गर्नु आत्मानुशासित हुनु हो । यसर्थ शिक्षा तथा जनस्तरमा चेतना, योगका माध्यमबाट आत्म अनुशासन बढाउन सकिन्छ । यतिबेला नेपाली समाजमा आत्म अनुशासनको खाँचो छ । आत्म अनुशासनको अभावमा नैतिक बन्धन कमजोर हुँदा सामाजिक अराजकता बढ्दै गएका छन् । आत्मा साक्षी राखी विवेकीहरूबाट प्रस्फुटित अनुशासनका बेहोराहरू अवलम्बन गर्नु आत्मानुशासित हुनु हो । यसर्थ शिक्षा तथा जनस्तरमा चेतना, योगका माध्यमबाट आत्म अनुशासन बढाउन सकिन्छ । आत्म अनुशासनले मानिसको आफ्नो जीवन, घर-परिवारदेखि समाजलाई समेत फाइदा पुग्दछ । मानिसका लागि आत्म अनुशासन र सामाजिक एकता एकदमै महत्वपूर्ण हुन्छ जसले व्यक्तिगत जीवनदेखि समाजमा समेत प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । (लेखक ढुंगेल हिटा अनलाइन संस्करणका डेक्स सम्पादक हुनुहुन्छ ।)
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच