
काठमाडौं । धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन नगर प्रमुख उदयकुमार बरबरियासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । तत्कालीन नगर प्रमुख बरबरिया यादव, उपप्रमुख शिलादेवी कापरी, तत्कालीन लेखा समितिका संयोजक जैसिलाल भिनवार यादव, सुशासन समितिका संयोजक कन्हैया मुखिया, प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतो, इन्जिनियर संजय यादव, वडा अध्यक्ष तनुकलाल कुसियत यादव, योजना शाखा प्रमुख विन्देश्वर यादवउपरविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले गरेको फैसला आयोगलाई चित्त नबुझेपछि सर्वोच्चमा पुनरावेदन गरेको हो ।
उनीहरूले फिल्डमा नगरेको कामलाई समेत भएको भनी कम कामलाई बढी काम भएको देखाई गलत अनुगमन प्रतिवेदन तयार पारी बढी भुक्तानी गरेको अख्तियारको ठहर छ । अख्तियारले निजहरू उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिवानासमेत हुन माग गरेको थियो ।
उनीहरू विरुद्ध अख्तियारले दुई लाख १२ हजार ८१६ रुपैयाँ २३ पैसा बिगो कायम गरी विशेष अदालतमा दायर गरेको मुद्दामा विशेषले २०८० फागुन १६ गतेको फैसलाबाट सफाई दिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच