सर्लाही । सर्लाहीको हरिवन बजार क्षेत्रमा आनन्द मार्ग युनिभर्सल रिलिफ टिम (आमर्ट नेपाल) ले २६ वर्षदेखि निरन्तर रूपमा सामाजिक सेवामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।
संस्थाको हरिवन शाखा प्रमुख बैजु साहका अनुसार यस वर्ष पनि गरिब तथा विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ ।
कार्यक्रममा फरक क्षमताका व्यक्तिहरू, बेसहारा, तथा आर्थिक रूपमा कमजोर परिवारलाई न्यानो कपडाहरू वितरण गरिएको उहाँले बताउनु भयो । यस कार्यक्रममा करिब २०० जनालाई कम्बल तथा ज्याकेटजस्ता सामग्री प्रदान गरिएको थियो भने अन्य २०० जनालाई पनि न्यानो कपडाहरू वितरण गरिएको संस्थाले जनाएको छ।
साथै, कार्यक्रममा सहभागी गरिब तथा विपन्न परिवारका व्यक्तिहरूलाई बिहानको भोजनसमेत प्रदान गरेको थियो ।
वितरण कार्यक्रममा पूर्व रक्षामन्त्री हरि उप्रेती, हरिवन नगर प्रमुख कमल बुढाथोकी, एमाले जिल्ला अध्यक्ष राज नारायण राहा लगायतको उपस्थिति रहेको थियो। चिसो मौसममा गरिब तथा विपन्न परिवारलाई सहयोग गर्नु अत्यन्तै प्रशंसनीय कार्य भएको वक्ताहरुले बताएका छन् ।
आमर्ट नेपालले विगतदेखि नै विभिन्न सामाजिक सेवा कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । संस्थाले आगामी दिनमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने योजना बनाएको बताएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच