पोखरा । मुक्तिनाथ विकास बैंकको १८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि वार्षिक प्रतिवेदन पारित गरेको छ । यस्तै, सभाले प्रतिकित्ता सय रुपैयाँका दरले एक अर्ब बराबरको मुक्तिनाथ ८.५ प्रतिशत अविमोच्य असञ्चित अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।
सेयरको जारी प्रक्रिया नियमनकारी निकायको स्वीकृतिपछि अघि बढ्नेछ । सभाले आव २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र अन्य प्रस्ताव पारित गरेको छ । यसैगरी आव २०८१/०८२ का लागि लेखापरीक्षकको नियुक्ति, काठमाडौंको लाजिम्पाटमा निर्मित भवनमा केन्द्रीय कार्यालय स्थानान्तरण गर्ने लगायतका प्रस्तावसमेत पारित भएको छ ।
बैंकले साधारणसभाका अवसरमा बैंक स्थापना गर्न योगदान पुर्याउने ३० जना संस्थापकलगायत अन्य सेयरधनी एवं सञ्चालक सदस्यहरूलाई सम्मानसमेत गरेको छ । सभाको उद्घाटन बैंकका अध्यक्ष भरतराज ढकालले गर्नुभयो भने स्वागत मन्तव्य सञ्चालक सदस्य भरतप्रसाद लम्सालले गर्नुभएको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र भविष्यको रणनीतिका बारेमा जानकारी गराउँदै सेयरधनीहरूसँग छलफल गर्नुभएको थियो ।
सेयरधनीहरूले वार्षिक प्रतिवेदन र अन्य विषयमा आफ्ना सल्लाह र सुझाव प्रस्तुत गर्नुभएको थियो । जसमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले थप स्पष्टता प्रदान गर्नुभएको छ । साधारणसभाले बैंकका भावी रणनीति र विस्तार योजनालाई मूर्तरूप दिन मार्ग प्रशस्त गरेको प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच