नवलपरासी । बर्दघाट नगरपालिका वडा नम्बर ४ मा रहेको मुसहर बस्तीमा न्यानो लुगा वितरण गरिएको छ । चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भइरहेकाले स्थानीय तह, संघसंस्था तथा बजार विकास समितिको सहकार्यमा कपडा वितरण गरिएको हो ।
बर्दघाट नगरपालिका, बर्दघाट उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी बर्दघाट उपशाखा र बर्दघाट बजार विकास समितिको संयुक्त पहलमा न्यानो लुगा वितरण गरिएको हो । नगरप्रमुख शम्भुलाल श्रेष्ठकाअनुसार चिसोका कारण बढी प्रभावित विपन्न वर्गलाई प्राथमिकता दिँदै सहयोग गरिएको छ ।
वडा नम्बर ४ का अध्यक्ष बेदबिना तिवारीका अनुसार बस्तिका ११५ जना स्थानीयलाई ब्ल्याङ्केट, टोपी, स्विटर, जुत्ता लगायतका न्यानो लुगा प्रदान गरिएको छ भने आगामी दिनमा थप वितरण गरिने योजना छ ।
स्थानीयहरू न्यानो कपडा पाएपछि खुशी व्यक्त गर्दै सहयोगी संघ संस्थाप्रति आभार व्यक्त गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच