काठमाडौं । हाइड्रो कम्पनीहरूलाई सर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) जारी गर्दा नेपाल धितोपत्र बोर्ड (सेबोनले) छुट्टै कार्यविधि ल्याउनुपर्ने ऊर्जा व्यवसायीले माग राखेका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ऊर्जा व्यवसायीहरूको नयाँ संस्था ग्रिन इनर्जी अन्टरप्रेनर्स नेपालले नयाँ कार्यविधिको माग राखेको हो । संस्थाले सरकारसँग ६ बुँदे माग राख्दै त्यसका विषयमा अध्ययन गर्नेबारे जानकारी दिएको छ ।
जसमा पिपिएमा भएका असमानता हटाउन र विद्युत् खरिददर वृद्धि गर्न, उत्पादन अनुमतिको अवधि ५० वर्ष कायम गर्न, १० मेगावाटभन्दा साना जलविद्युत् आयोजनाको अनुमति पत्रमा भएको ३५ वर्षे बन्देज हटाउन, प्रसारण लाइन र ग्रिड कनेक्सन सम्झौताहरूमा भएका असमानता र प्राविधिक पक्षहरूको पुनरवलोकन गर्न, पूर्ववत्रूपमा जविआहरूका लागि विदेशबाट खरिद गर्नुपर्ने हरेक उपकरण, स्पेयर्स पाट्र्स र सेवाहरूमा अधिकतम १ प्रतिशत कर लागू गर्न र वैकल्पिक व्यवस्थामार्फत् विद्युत् उत्पादन गरिरहेका आयोजनाहरूको असमान करारनामा तत्काल हटाउन संस्थाले माग राखेको छ ।
सम्मेलनमा लेखा समितिले कम्पनीको नेटवर्थ ९० रुपैयाँभन्दा कम भएको कम्पनीलाई आइपिओ जारी गर्ने दिन नहुने भन्ने विषयमा पनि संस्थाले आपत्ति जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच