![‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को अडिशन अमेरिकाबाट शुभारम्भ](https://ehimalayatimes.com/wp-content/uploads/2025/01/Mero-Voice-Univers-season-2.jpg)
काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को आठौं संस्करण आगामी चैत ७ देखि ११ गतेसम्म काठमाडौंमा हुँदैछ । महोत्सवलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय दुई भागमा वर्गीकरण गरिएको छ ।
राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत चलचित्र ‘सानो संसार’ छानिएको आयोजक संस्था नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जनाएको छ । अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका लागि माघ २ गते ७० देशका ६ सयभन्दा बढी चलचित्रबाट ४० देशका ८७ चलचित्र छानिएको आयोजकले यसअघि नै सार्वजनिक गरिसकेको छ ।
यसमध्ये नेपाली फिचर फिल्म प्रतिस्पर्धामा छानिएको चलचित्र ‘भूठान’का निर्माताले सबैलाई जानकारी नभएको भन्दै असन्तुष्टि व्यक्त गरेपछि सो चलचित्रलाई महोत्सवबाट हटाइएको हो । उक्त चलचित्रलाई हटाएपछि सट्टामा अर्को चलचित्रलाई समावेश गर्न सकिने हुनाले इच्छुक चलचित्रकर्मीलाई आवेदनका लागि आयोजकले सामाजिक सञ्जालमार्फत आहृवान गरेको थियो । त्यसपछि प्राप्त चलचित्रबाट ‘सानो संसार’ छानिएको प्रतिष्ठानका अध्यक्ष केपी पाठकले जानकारी दिनुभयो ।
सिद्धार्थ पुडासैनी निर्देशित यस चलचित्रमा सीतादेवी तिमल्सेना, राज पंगेनी शर्मा, अनु दाहाल, अञ्जसा रिजाल, शिशिर शिवाकोटीलगायत कलाकारले अभिनय गर्नुभएको छ । चलचित्रको निर्माता अर्जुनकुमार डंगोल हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच