![‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को अडिशन अमेरिकाबाट शुभारम्भ](https://ehimalayatimes.com/wp-content/uploads/2025/01/Mero-Voice-Univers-season-2.jpg)
काठमाडौं । देशैभरका १६ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ तेस्रो साता सञ्चालन गर्न लागेको एचपिभी खोप अभियानको योजना स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वीकृत गर्नुभएको छ ।
जसअन्तर्गत माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशैभरका छ देखि १० कक्षासम्मका छात्रा तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई देशैभर खोप लगाइँदैछ ।
देशैभर व्यापक प्रचारप्रसार गरी किशोरीहरू नछुट्ने गरी कार्यक्रम अघि बढाउन मन्त्री पौडेलले उच्च अधिकारीलाई निर्देशन दिनुभएको छ । मन्त्रालयले क्यान्सर विजेता अभिनेत्री मनिषा कोइरालालाई खोपदूतका रूपमा अघि सारेको छ । क्यान्सर विजेता कोइराला एचपिभीसहितका खोप कार्यक्रमका लागि दूतका रूपमा रहने स्वास्थ्य सेवा विभागका महानिर्देशक विकास देवकोटाले बताउनुभयो ।
स्वास्थ्यमन्त्रीको सचिवालयका अनुसार मन्त्रालयले खोप अभियानबारे आवश्यक सचेतनामूलक जानकारीहरू विभिन्न माध्यमबाट प्रसार गरिरहेको छ । पहिलो निर्णयका रूपमा राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति स्वीकृत गर्नुभएका मन्त्री पौडेलले यसअघि क्यान्सरको विशिष्टकृत उपचार सेवा सातै प्रदेशमा विस्तार गर्नुका अलावा बाल क्यान्सरको उपचार निःशुल्क गर्ने निर्णय कार्यान्वयनमा ल्याउनुभएको थियो । १६ लाख किशोरीको खोप अभियानले महिलामा देखिने प्रमुख स्वास्थ्य समस्या पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि योगदान दिने बताइएको छ ।
नेपालमा सन् २०२२ मा कुल मृत्यु भएका १४ हजारमध्ये पाठेघरको मुखको क्यान्सरबाट ज्यान जानेको संख्या सात हजार सात सय ६८ रहेको ग्लोबल क्यान्सर अब्र्जभेटरीको तथ्यांकमा छ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२२ मा मात्र नेपालमा पाठेघरको मुखको क्यान्सरका दुई हजार एक सय ६९ तथा स्तनसम्बन्धी दुर्ई हजार दुर्ई सय ५५ नयाँ बिरामी भेटिएका छन् । हाल नेपालमा हरेक दिन चारजना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान जाने गरेको छ भने विश्वभर प्रति एक लाख रोगीमा सातजनाको ज्यान जाने गरेको छ । नेपालमा झण्डै नौजनाको यस्तो क्यान्सरबाट ज्यान जाने गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच