![डडेल्धुरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जोशी मृत फेला](https://ehimalayatimes.com/wp-content/uploads/2025/02/kaliprasad-jhosi.webp)
काठमाडौं । एक महिने स्वस्थानी व्रतको परम्परा अनुसार व्रतालुहरू परदेश यात्रा अन्तर्गत आज बिहान पशुपतिमा पूजा गर्नुभएको छ । बागमती नदीमा स्नान गरेर उहाँहरूले नित्य पूजा गर्नु भएको हो ।
पौराणिक सहर साँखुमा सुरू भएको माधवनारायण स्वस्थानीका व्रतालुहरू मंगलबार साँझै पशुपतिनाथ आउनु भएको हो । एक महिने माधवनारायण स्वस्थानीका व्रतालु अनुष्ठानकर्ताहरू एवम् रितले उपत्यकाका अन्य नदी तलाउमा पनि यसैगरी पूजापाठ तथा स्नान गर्ने परम्परा छ ।
पौष शुक्ल पूर्णिमादेखि सुरू भएको व्रत माघ शुक्ल पूर्णिमासम्म लाग्नेछ। माधवनारायणको व्रत बस्ने व्रतालुले पूर्णिमाको अघिल्लो दिन हातरगोडाको नङ काटी, एकचित्त भई, निराहार बस्ने, पूर्णिमाको बिहानै नदीमा स्नान गरी पूजा गर्ने, शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गर्ने प्रचलन छ।
मन्त्रोच्चारण गरेपछि शंखजल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा छ। माधव नारायणको पूजा नगरेमा स्वस्थानीको व्रत र पूजा अधुरो रहने बताइन्छ। स्वस्थानी र माधव नारायणको पूजा गरेमा सुख, शान्ति र समृद्धि मिल्ने धार्मिक विश्वास रहिआएको छ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच