![लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य](https://ehimalayatimes.com/wp-content/uploads/2024/01/lumbini-pradesh-sabha.jpg)
ओखलढुंगा । मानेभञ्ज्याङ गाउँपालिकामा शैक्षिक महोत्सव शुरु भएको छ । ‘जीवनपयोगी सीपको आधारशीला, निर्विकल्प बनुन हाम्रा पाठशाला’ भन्ने मुलनाराका साथ शैक्षिक महोत्सव शुरु भएको हो ।
भगवती माध्यमिक विद्यालयको प्राङगणमा माघ १६ गतेबाट शुरु भएको शैक्षिक महोत्सव माघ १९ गते सम्म सञ्चान हुनेछ । विद्यार्थीहरुको शैद्धान्तिक ज्ञानसंगै व्यवहारिक सीपको विकास गर्न शैक्षिक महोत्सवको आयोजना गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।
शैक्षिक महोत्सव कार्यक्रममा चित्रकला प्रतियोगिता तथा प्रदर्शनी, हस्तलेखन प्रतियोगिता, फुटसल प्रतियोगिता, विज्ञान परियोजना प्रदर्शनी, हस्तकला प्रदर्शनी, कविता वाचन प्रतियोगिता सञ्चालन गरिएको छ ।
त्यस्तै अंग्रेजी हिज्जे, वक्तृत्वकला, हाजिरीजवाफ, लोक सामुहिक प्रतियोगिता लगायतका कार्यक्रम पनि सञ्चान गरिने छ । यस्ता खालका कार्यक्रमले विद्यार्थीहरुलाई विद्यालयमा दिईने शैद्धान्तिक ज्ञानसंगै व्यवहारीक ज्ञान बृद्धि गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
बुधबार भएको उद्घाटन कार्यक्रममा दैनिक जीवनमा प्रयोग गरिने खानाका आइटमहरु बनाई प्रर्दशन गरिएको थियो । गाउँघरमा कृषी उत्पादनमा प्रयोग गरिने कृषी औजार, परालबाट बनाउन सकिने गुन्द्री, पिरा, धागोबाट बनाउन मिल्ने टोपी, झोला, कुचो, बाँस निँगालाको चोयाबाट बनाउन मिल्ने फुङचा, डोका लगायतका विद्यार्थीहरुले निर्माण गरेका सामग्रीहरु प्रदर्शनमा राखिएको थियो ।
मानेभञ्ज्याङ गाउँपालिका प्रमुख ज्ञानेन्द्र रुम्दालीको अध्यक्षतामा भएको कार्यक्रम कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले उद्घाटन गर्नुभएको छ । कार्यक्रममा कोशी प्रदेश सभा पुर्व सभामुख एवं ओखलढुंगा प्रदेश सभा (ख) प्रतिनिधी बाबुराम गौतम, सिद्धिचरण नगरपालिका प्रमुख तेजन खनाल लगायतको उपस्थिती रहेको थियो ।
![नेल्टा परासीको अध्यक्षमा कृष्ण अधिकारी निर्वाचित](https://ehimalayatimes.com/wp-content/uploads/2025/01/nelta_nawalparasi-1-150x150.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच