
बार्सिलोना । बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष दुई टोलीसँगको अंक दूरीलाई घटाएको छ । आइतबार राती सेभियालाई ४-१ ले हराउँदै बार्सिलोनाले शीर्ष टोलीसँगको अंक दूरी घटाएको हो ।
बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्की, फर्मिन लोपेज, राफिन्हा र इरिक गार्सियाले गोल गर्नुभयो । सातौं मिनेटमा लेवान्डोस्कीको गोलबाट बार्सिलोनाले अग्रता बनाएको थियो ।
त्यसको एक मिनेटपछि सेभियाका रुबेन भर्गासले बराबरी गोल गर्नुभयो । जितसँगै २३ खेलमा बार्सिलोनाको ४८ अंक पुगेको छ । शीर्ष स्थानको रियल म्याड्रिडको ५० र दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको ४९ अंक छ । सेभिया २८ अंकसहित १३औँ स्थानमा छ ।
लोपेजले ४६औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई पुनः अग्रता दिलाउनुभयो । राफिन्होले ५५औँ मिनेटमा गोल गरेर बार्सिलोनाको अग्रता फराकिलो पार्नुभयो । ६२औँ मिनेटमा लोपेजले रातो कार्डको सामना गर्दा बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो । त्यसका बाबजुद खेल सकिन एक मिनेट बाँकी रहँदा गार्सियाले गोल गर्नुभयो । आइतबारका अन्य खेलमा रियल सोसिडाडले इस्पानियोललाई २-१ ले, भ्यालेन्सियाले लेगानेसलाई २-० र गेटाफेले डेपोर्टिभो अल्भासलाई १-० ले हराएको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच