
लण्डन । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत प्लेअफको पहिलो लेगमा स्पेनिस क्लब रियल मड्रिडले रोमाञ्चक जित निकालेको छ । बुधबार राती इतिहाद स्टेडियममा सम्पन्न खेलमा रियलले उत्कृष्ट पुनरागमन गर्दै इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई ३-२ गोलले हराएको हो । दुईपटक खेलमा पछि परेर पनि रियल नतिजा उल्ट्याउन सफल भयो ।
रियलको जितमा किलियन एमबाप्पे, ब्राहिम डियाज र जुड बेलिंघमले समान गोल गर्नुभयो । सिटीका लागि इर्लिङ हालाण्डले दुई गोल गरे पनि टिमलाई जिताउन सक्नुभएन । खेलमा दुईपटक अग्रता लिएर पनि सिटीले जोगाउन सकेन ।
१९औँ मिनेटमा हालाण्डले गोल गर्दै सिटीलाई अग्रता दिलाउनुभएको थियो । पहिलो हाफमा सिटी १-० ले अगाडि रहेको थियो । ६०औँ मिनेमा एमबाप्पेले गोल गर्दै खेल बराबरीमा ल्याउनुभयो । ८०औँ मिनेटमा हालाण्डले पेनाल्टीमा गोल गरेपछि सिटी पुनः अगाडि आयो । तर, त्यसपछि रियलले फेरि आफ्नो कमब्याक कलालाई प्रमाणित गर्यो । ८६औँ मिनेटमा डियाजले गोल गर्दै खेल बराबरीमा ल्याउनुभयो भने इन्जुरी समयमा बेलिङहामले गोल गरेपछि रियल ३-२ ले विजयी भएको हो ।
रियलका प्रशिक्षक कार्लो एन्सेलोटीले च्याम्पियन्स लिगको प्लेअफमा म्यानचेस्टर सिटीजस्तो बलियो प्रतिद्वन्द्वी पाउनु आफ्नो टोलीका लागि सबैभन्दा खराब परिस्थिति भएको बताउनुभयो । यसैगरी फरवार्ड रोड्रिगोले अन्य क्लबहरूको चासोप्रति आभार प्रकट गर्दै ला लिगा क्लब रियल मड्रिडसँग अझै धेरै वर्ष बिताउने इच्छा व्यक्त गर्नुभएको छ । दुई टोलीबीचको दोस्रो लेग रियलको मैदानमा अर्को साता हुनेछ । उक्त खेलमा सिटीले २ गोल वा त्योभन्दा बढी अन्तरको जित निकाल्नुपर्नेछ । राती नै भएको अर्को खेलमा पिएसजीले ब्रेष्टलाई तथा बोरुसिया डर्टमन्डले स्पोर्टिङलाई समान ३-० ले हराउँदा युभेन्ट्सले पिएसजीलाई २-१ ले हरायो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच