
साउदी अरब । साउदी प्रो लिगमा अल नासरले रोमाञ्चक जित दर्ता गरेको छ । बिहीबार राति किंग अब्दुलाह स्पोर्टस सिटीमा पाहुना टोली अल नासरले अल अहिलविरुद्ध ३-२ को जित दर्ता गरेको हो । अल नासरलाई जित दिलाउन जोन डुरानले दुई तथा आयमान याहृयाले गोल गर्नुभयो । अल अहिलका लागि इभान टोनी र सुमेहान अल नबीतले गोल फर्काउनुभयो ।
खेलको ३२औं मिनोटमा डुरानको गोलमर्फत अल नासरले अग्रता लिएको थियो । ४७औं मिनेटममा रक्षक मोहम्मद सिमाकानले सीधै रातो कार्ड बेहोर्दै मैदान छाडेपछि अल नासर १० खेलाडीमा समेटिएको थियो । भिएआरले ५१औं मिटेमा गोलको मान्यता नदिँदा अल अहिलले बराबरी गर्ने अवसर गुमाएको थियो । ७८औं मिनेटमा टोनीले अल अहिलका लागि बराबरी गोल फर्काउनुभयो । याहृयाले ८०औं मिनेटमा गोल गर्दा अल नासर २१ ले अगाडि बढ्यो ।
निर्धारित समयमा सकिन दुई मिनेट बाँकी रहँदा डुरानले व्यक्तिगत दोस्रो गोल गर्नुभयो । इन्जुरी समयमा अल नबीतले गोल गर्दै अल अहिललाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन । जितसँगै २० खेलमा ४४ अंक जोडेको अल नासर तेस्रो स्थानमा छ । पराजित अल अहिल समान खेलबाट ३८ अंकका साथ पाँचौं स्थानमा छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच