
काठमाडौं । शाइन रेसुंगा डेभलपमेण्ट बैंकले शाइन रेसुंगा राष्ट्रिय टेन के रनको सद्भावनादूतमा वैकुण्ठ मानन्धरलाई नियुक्त गरेको छ । फागुन ११ गते बुटवलमा आयोजना हुने सर्वाधिक पुरस्कार राशिको १० किलोमिटरको दौड प्रतियोगितामा कीर्तिमानी धावक तथा ओलम्पियन मानन्धरलाई सद्भावनादूतमा नियुक्त गरेको हो ।
दक्षिण एसियाली खेलकुद प्रतियोगिताका कीर्तिमानी धावक मानन्धरले दौड संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा सद्भावनादूत नियुक्त गरिएकोमा आयोजकलाई धन्यवाद दिनुभएको छ । बैंकको १७औँ वार्षिकोत्सवका अवसरमा एथलेटिक्समा लोकप्रिय विधाका रूपमा रहेको १० किलोमिटरको राष्ट्रियस्तरको दौड प्रतियोगिताको पुरस्कार राशि पाँच लाख रुपैयाँ रहेको छ । प्रतियोगितामा खुला, स्थानीय ५० वर्षसम्म र स्थानीय ५० वर्षभन्दा माथि गरी तीन विधा रहेका छन् । लुम्बिनी प्रदेशका कुनै पनि जिल्ला (अर्घाखाँची जिल्ला, बाँके जिल्ला, बर्दिया जिल्ला, दाङ देउखुरी जिल्ला, पूर्वी रुकुम जिल्ला, गुल्मी जिल्ला, कपिलवस्तु जिल्ला, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा जिल्ला, प्युठान जिल्ला, रोल्पा जिल्ला, रूपन्देही जिल्ला) का धावकले मात्र स्थानीय क्याटेगरीमा सहभागी हुन पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको पुरुष तथा महिला विधाका विजेता धावकले जनही एक लाख प्राप्त गर्नेछन् भने दोस्रोले ४० हजार, तेस्रोले २० हजार, चौथोले १५ हजार र पाँचौंले १० हजार प्राप्त गर्नेछन् । स्थानीय धावकको सहभागिता बढाउन पाँच किलोमिटरको दौडमा ५० वर्षसम्म र ५० वर्षभन्दा माथि गरी दुर्ई विधा राखिएको छ । विजेता महिला पुरुष खेलाडीले जनही १५ हजार, दोस्रोले १० हजार, तेस्रोले पाँच हजार, चौथोले दुई हजार पाँच सय प्राप्त गर्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच