
काठमाडौं । युगान्डामा जारी वुमन्स डे कप क्रिकेटमा नेपालले सन्त्वना जित निकालेको छ । नेपालले हङ्कङविरुद्ध सम्झना खड्काको उत्कृष्ट ब्याटिङमा सान्त्वना जित निकालेको हो । शुक्रबार भएको हङ्कङसँगको खेलमा नेपाल ६ विकेटले विजयी भएको हो । सुरुमा ब्याटिङ गरेको हङ्कङले दिएको १०५ रनको लक्ष्य नेपालले १९ दशमलव तीन ओभरमा चार विकेट गुमाएर भेट्टाएको हो ।
ओपनर सम्झना खड्काले ४३ बलमा ४७ रन बनाउनुभएको थियो । आक्रामक ब्याटिङ गर्नुभएकी उहाँले चार चौका प्रहार गर्नुभएको थियो । त्यस्तै कप्तान इन्दु बर्माले ३२ बल खेल्दा एक चौकासहित १८ रन बनाउनुभयो भने रोमा थापा र बिन्दु रावल समान चार रन जोडेर आउट हुनुभएको थियो । पूजा महतोले अविजित २० रन बनाउँदा र एलिसा यादव पाँच रनमा नटआउट रहनुभएको थियो ।
एन्टेबे मैदानमा शुक्रबार भएको खेल जित्न नेपालले १०५ रनको लक्ष्य पाएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको हङ्कङले २० ओभरमा आठ विकेट गुमाएर १०४ रन बनाएको थियो । कुनै समय १३० रनको हाराहारीमा योगफल पुग्ने देखिए पनि अन्तिम चार ओभरमा हङ्कङले आठ रनमात्र जोडेको थियो ।
हङ्कङका लागि शान्जिन शाहजादले अर्धशतकीय पारी खेल्नुभएको थियो । प्रतियोगिताकै पहिलो अर्धशतक प्रहार गर्ने क्रममा उहाँले ४७ बलमा ५४ रन बनाउनुभएको थियो । त्यस्तै चानका यिङले १६ तथा यास्मिन दस्वानीले १४ रन जोडनुभएको थियो ।
नेपालका लागि राजमति ऐरीले चार ओभरमा १७ रन दिएर तीन विकेट लिनुभएको थियो भने कप्तान इन्दु बर्माले चार ओभरमा १२ रन दिएर दुई विकेट लिनुभएको थियो । पूजा महतो र ईश्वरी विष्टले एक-एक विकेट लिनुभएको थियो ।
पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा घरेलु टोली युगाण्डालाई एक विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा नेपाल हङ्कङसँग दुई रनले पराजित भएको नेपाल चौथो खेलमा नामिबियासँग २३ रनले पराजित भएको थियो । बिहीबार पाँचांै खेलमा नेपाल घरेलु टोली युगाण्डासँग ४० रनले पराजित भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच