
नमागिएको सल्लाह
एउटा समय थियो-मुलुकको राजनीतिको मियो केही सशक्त विद्यार्थी नेताको वरिपरि घुमिरहेको हुन्थ्यो । ती सशक्त विद्यार्थी नेताका नामबाट तत्कालीन पञ्चायती शासक र प्रशासकको निदहराम हुन्थ्यो । विद्यार्थी नेताको पछि लाग्न खटाइएका गुप्तचरहरू उनीहरूको गतिविधिको निगरानी गर्न असिन पसिन हुने गर्थे । अब समय बदलिएको छ- विद्यार्थी युनियनको चुनाव कहिले हुँदैछ, को कहाँको उम्मेद्वार बनेको छ, त्यसमा रुचि राख्नेबाहेक कसैलाई चासो छैन । कुनै विद्यार्थी नेताको व्यक्तित्वको कारण समाज आशावादी पनि छैन । हुन त, अपारदर्शी र राजनीति गतिविधि निषेध गरिएको समयमा सानो राजनीतिक क्रियाकलापले पनि ठूलो हलचल ल्याउँछ, लोकतान्त्रिक व्यवस्था भएको खुला समाजमा विद्यार्थी युनियनको चुनावले समाजको ध्यानाकर्षण गर्न नसक्नु त्यति अस्वाभाविक पनि होइन ।
यो त भयो सामान्य अवस्थाको कुरा, प्रश्न उठ्छ के हाम्रो मुलुक अहिले सामान्य अवस्थामा छ त ? यसका सहज दुईवटा जवाफ हुनेछन् । एउटा के नै नराम्रो छ र मुलुकको अवस्था सामान्य छ । दोस्रो उत्तर हो- आँधी अगाडिको सन्नाटाट जस्तो छ । अहिले नेपालको मात्र होइन अधिकांश साना देशहरूको परिस्थिति दोस्रो उत्तर नजिक छ । कुन देशमा कुन बेला के हुन्छ भन्न सकिँदैन । नेपालमा जनतामा निराशा छ भन्ने भाष्य स्थापित भएको छ । भाष्य मात्र होइन वार्षिक रूपमा दश लाखको हाराहारीमा कामका लागि देश छोडेर जाने युवाको संख्याले पनि यो वास्तविकता हो भन्ने स्थापित गर्दछ ।
अहिलेको विद्यार्थी निर्वाचनबाट नयाँ संकेत पनि देखापरेको छ । विद्यार्थीहरू नेविसंघ र अनेरास्ववियु जस्ता विद्यार्थी संगठनका गतिविधिबाट वाक्क भएर विकल्पको खोजीमा रहेका छन् । हैसियत भएका तीन क्याम्पसमा अध्यक्षमा स्वतन्त्र उम्मेद्वारको विजयले पनि यसैलाई संकेत गर्दछ । ठूला भनिएका विद्यार्थी संगठनहरूले आफ्नो राजनीतिक स्वार्थका लागि क्याम्पसको पठनपाठनको वातावरणलाई ध्वस्त पारेका छन् ।
यो निराशाका कारण तीनदशकदेखि लगातार सत्तामा हालिमुहाली गरिरहेका पार्टी नेतृत्वतिर निशाना सोझिएको छ । समाजले पार्टीभित्रका युवाले पुराना नेताहरूलाई चुनौती दिने खालका युवाहरू राजनीतिमा प्रभावशाली बनून् भन्ने अपेक्षा गरेको छ । विभिन्न क्याम्पसहरूमा भएको स्ववियु चुनावबाट त्यस्ता विद्रोही तर समाज र देश निर्माणको चेत भएका सशक्त युवाहरूले आशाको दियो बाल्न सक्छन् कि भन्ने अपेक्षा नेपाली समाजले गर्नु स्वाभाविकै हो । तर, परिणाम अपेक्षाभन्दा ठीक विपरीत देखा परिरहेको छ । पहिलेदेखि विद्यार्थी युनियनमा हालिमुहाली गरिरहेका ठूला भनिएका विद्यार्थी संगठनहरू नेपाल विद्यार्थी संघ र अनेरास्ववियु नै आफ्नो संकीर्ण स्वार्थ पूरा गर्न तल्लो स्तरमा उत्रिएका छन् ।
आफ्नो युनियनले जितेको ठाउँमा जित निश्चित देखिएन भन्ने गुण्डागर्दीको सहारा लिने र चुनाव स्थगित गरी आफ्नो कार्यकाल लम्ब्याउँने, आफ्नो गुटको उम्मेद्वार बनेन भने तोडफोडमा उत्रिने, फर्जी मतदान गर्ने लगायतका गलत काम कारबाही भइरहेका छन् । त्यसमा पार्टी नेतृत्वको पनि समर्थन रहेको भान हुन्छ । कुनै पनि माउ पार्टीले त्यस्ता अराजक गतिविधि रोक्न प्रयास गरेको पाइएन । उल्टो यसो गर्न प्रोत्साहित गरेको जस्तो पाइएको छ ।
विद्यार्थी संगठनहरूको अवस्था र स्खलन
यसै साता भएको निर्वाचनमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ र नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादीको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनबीच तीव्र प्रतिस्पर्धा देखियो भने माओवादी पार्टी समर्थित अनेरास्ववियु क्रान्तिकारीले दुई ठूला युनियनलाई कडा टक्कर दिएर आफ्नो पुरानो अवस्थामा सुधार गरेको छ । नेविसंघ र अनेरास्ववियुले क्रमशः ११ र १२ स्थानमा जित्दा अनेरास्ववियु क्रान्तिकारीले ७ स्थानमा जितेर चुनौती दिएको छ । पुल्चोक क्याम्पस, पश्चिमाञ्चल इन्जिनियरिङ कलेज र चितवन इन्जिनियरिङ कलेजका भविष्यका इञ्जिनियरहरूले भने स्वतन्त्र उम्मेद्वारलाई चयन गरेका छन् । महेन्द्र बिन्देश्वरी क्याम्पस सप्तरीमा समाजवादी विद्यार्थी युनियन विजयी भएको अवस्था रहेको छ ।
अहिलेको विद्यार्थी निर्वाचनबाट नयाँ संकेत पनि देखापरेको छ । विद्यार्थीहरू नेविसंघ र अनेरास्ववियु जस्ता विद्यार्थी संगठनका गतिविधिबाट वाक्क भएर विकल्पको खोजीमा रहेका छन् । हैसियत भएका तीन क्याम्पसमा अध्यक्षमा स्वतन्त्र उम्मेद्वारको विजयले पनि यसैलाई संकेत गर्दछ । ठूला भनिएका विद्यार्थी संगठनहरूले आफ्नो राजनीतिक स्वार्थका लागि क्याम्पसको पठनपाठनको वातावरणलाई ध्वस्त पारेका छन् । आफ्नो निहित स्वार्थ प्राप्ति गर्न तालाबन्दी गर्नु, विश्वविद्यालय पदाधिकारीहरूलाई अपमान र आक्रमण गर्ने यिनीहरूको दैनिकी जस्तो बनेको छ । युनियनहरू क्याम्पसको । सर्वांगीण उन्नतिका लागि सहयात्री हुनुको साटो भौतिक संरचना तोडफोड गर्ने लगायतका फौजदारी काम कारबाहीमा लागेर क्याम्पसको सर्वपक्षीय पतन गराउँने भिलेन बनिरहेका छन् ।
दलीयकरणको अर्बुद नफ्ँयाकेसम्म विद्यार्थी संठनको शाख बढ्ने अवस्था छैन । त्यो अर्बुदको शल्यक्रिया विश्वविद्यालयको कुलपति प्रधानमन्त्री र सहकुलपति शिक्षामन्त्री हुन छोडेको दिन हुनेछ । यसैबाट दलीयकरणको वटवृक्ष झांगिएको हो । जुन दिन विशुद्ध प्राज्ञिक चेत भएका विश्वविद्यालय पदाधिकारी बन्नेछन् त्यो दिनबाट विद्यार्थी संगठनको पनि शाख बढ्न थाल्नेछ ।
विश्वविद्यालय दलका नर्सरी कि मुलुकको भरोसाका केन्द्र ?
कलेजहरू देशका कर्णधार उत्पादन गर्ने नर्सरी बन्नुपर्ने हो । बनेका छन् दलका कार्यकर्ता उत्पादन गर्ने नर्सरी । जसको कारण विश्वविद्यालयहरू आपराधिक ग्याङको प्रशिक्षणस्थल जस्ता बनिरहेका छन् । विश्वविद्यालयको भिसी लगायतका पदाधिकारी कार्य क्षमता र प्राज्ञिक आधारमा नियुक्त हुनुपर्छ भन्ने आदर्श मात्र भएको छ । शैक्षिक उन्नयनका भिलेन विद्यार्थी नेताको कानफुकी र लेनदेनमा नियुक्त गरिने विश्वविद्यालय पदाधिकारीबाट समाजले के नै अपेक्षा गर्दछ र ? समाजमा निष्क्रिय रहेको तर मुलुकलाई काम लाग्ने जनशक्ति कहाँ लुकेर बसेको छ भनेर खोज्ने परिपाटी एकादेशको दन्त्यकथा जस्तो भएको छ ।
केदारभक्त माथेमा कल्पनाको भिसीब्राण्ड बनेको छ । वास्तविकताको होइन । माथेमा पनि कुनै राजनीतिक विचार राख्थे, राख्छन्, कुनै नेताले दूरदृष्टि राखेकै कारण उनी त्रिविविको भिसी बनेका हुन् । यसले के संकेत गर्छ भने राजनीतिक विचारधारा अगालेका असल मानिस हाम्रो समाजमा लुकेर बसेका छन् । यस्ता व्यक्ति कुनै नेता दाइ भाउजू र बाको ढोकामा पुग्दैनन् न त नियुक्तिका लागि दरखास्त आहृवान गरेको स्थानमा प्रमाणपत्र बोकेर लाइन लाग्दछन् । नेताको जिहजुरिया व्यक्ति विश्वविद्यालय पदाधिकारी बन्नु र दूधचोरको साक्षी बिरालो बन्ने परिस्थितिले पनि विश्वविद्यालयको वातावरण बिग्रँदो छ ।
शैक्षिक क्यालेण्डर नबन्नु, बने पनि क्यालेण्डरअनुसार नचल्नु, नियतपूर्वक क्यालेण्डको उल्लंघन गर्नु, उत्तर पुस्तिकमा लापरबाही हुनु लगायतका विकृतिको कारण हो – विश्वविद्यालयहरूको दलीयकरण । त्यसका सजिला प्यादा बनेका छन्- युनियन नामधारी विद्यार्थी नेताहरू । यस्ता विद्यार्थी नेताहरूलाई संस्था निर्माण, शैक्षिक वातावरण उन्नयनसँग कुनै सरोकार हुँदैन । विश्वविद्यालय पदाधिकारीसँग भागबण्डा खोजेर विश्वविद्यालयको वातावरण नै भ्रष्ट र प्रदूषित बनाउँने काम यिनीहरूले गरिरहेका छन् ।
कसरी बढाउँने शाख ?
दलीयकरणको अर्बुद नफ्ँयाकेसम्म विद्यार्थीसंठनको शाख बढ्ने अवस्था छैन । त्यो अर्बुदको शल्यक्रिया विश्वविद्यालयको कुलपति प्रधानमन्त्री र सहकुलपति शिक्षामन्त्री हुन छोडेको दिन हुनेछ । यसैबाट दलीयकरणको वटवृक्ष झांगिएको हो । जुन दिन विशुद्ध प्राज्ञिक चेत भएका विश्वविद्यालय पदाधिकारी बन्नेछन् त्यो दिनबाट विद्यार्थी संगठनको पनि शाख बढ्न थाल्ने छ र विश्वविद्यालय दलीय करणको दवावबाट क्रमशः उन्मुक्तितर्फ उन्मुख हुनेछ । त्यति मात्र होइन गैरराजनीतिक र प्राज्ञिक छनोटबाट नियुक्त भएका विश्वविद्यालय पदाधिकरीलाई हेपाहा व्यवहार गर्ने हिम्मत विद्यार्थी नेता पनि हुनेछैन । कारण हो- उसलाई कानुनी कारबाही र मुद्दा मामिला परेको अवस्थामा पछाडिबाट बचाउने कुनै दाइ र वा हुने छैनन् ।
युवा विद्यार्थीहरू देशका आशा, भरोसा र परिवर्तनका संवाहक हुन् । यिनीहरू कुनै संकीर्ण स्वार्थमा भन्दा समाजको बृहत्तर हितमा लाग्न जरुरी छ । दशकौँदेखि एउटा लयमा चलेको विश्व व्यवस्थामा परिवर्तन आएको छ । हरेक मुलुकले नयाँ चुनौतीको सामना गरिरहनु परेको छ । हामी जस्ता साना देश त झनै अप्ठ्यारो अवस्थामा पर्ने सम्भावना छ । यस्तो अवस्थामा संगठन आबद्ध विद्यार्थीहरूले आफ्नो पुरानो लय बदल्न अनिवार्य छ । अब हरेक देशलाई आत्मनिर्भर हुनुको विकल्प छैन । उत्पादन प्रक्रियालाई बढाएर नयाँ उत्पादन क्रान्ति अहिलेको समयको आवश्यकता हो । यसो गर्न सकिएन भने हाम्रो गरिबी घट्ने होइन झन् बढ्नेछ ।
झिना मसिना विषय छोडेर उत्पादन कसरी बढाउँने, आन्तरिक आवश्यकता पूरा गरेर निर्यात गर्ने प्रतिस्पर्धी क्षमता बढाउँने उपायको खोजी कसरी गर्ने भन्ने बहस चलाउँन जरुरी छ । भोको पेटले कुनै सिद्धान्त र दार्शनिकलाई चिन्दैन । विद्यार्थी संगठनका नेताहरू दलीयकरणको रापबाट मुक्त भएर विश्वविद्यालयको वातावरण प्राज्ञिक बनाउँन सहयोगी बन्नुपर्दछ । कुलपति, सहकुलपति गैरराजनीतिक तरिकाले नियुक्ति गर्नुपर्ने विषयमा सहमत भई यसका लागि दवाव सृजना गर्न सक्नुपर्दछ । विद्यार्थी संगठनको अहिलेको नकारात्मक भूमिकालाई परिवर्तन नगर्ने हो भने युनियन आबद्ध नेताहरू पनि समाजमा निराशा उत्पादन गर्ने र प्रशारण गर्ने साधन मात्र बन्नेछन् । आफ्नो शाख बढाउने कि मटियामेट गर्ने हो विचार गरौँ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच