
काठमाडौं । काठमाण्डौ स्कूल अफ ल (के. एस. एल) का संस्थापकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेकाे समाचारलाई लिएर महिला सुरक्षा दबाव समूहले ध्यानाकर्षण भएको जनाएको छ ।
दबाव समूहका अध्यक्ष इरादा गौतमद्वारा विहीबार एक विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएको छ ।
'के एस एलमा अध्ययनरत एक विद्यार्थीले आफूमाथी दुर्व्यवहार गरिएको कलेज अनुदार रहेको आरोप लगाएर पत्रपत्रिकामा समाचार छापिएको विषयमा महिला सुरक्षा दबाव समूह तत्काल अनुसन्धानसहित सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायलाई विशेष अनुरोध गर्दछ ।' विज्ञप्तिमा भनिएको छ ।
'पूर्व महान्यायधिवक्ता समेत रहि सकेका निज संग्रौला जस्तो व्यक्ति यस्तो अति निकृष्ट कार्यमा संलग्न भएको भन्ने विषय राष्ट्रिय लज्जाको विषय हो र सामाजिक सञ्जाल एवं पत्रपत्रिकामा आएका निजप्रति लक्षित समाचारप्रति महिला सुरक्षा दबाव समूह दुख प्रकट गर्दै छानविनको माग गर्दछ ।' विज्ञप्तिमा उल्लेख छ ।
विद्यार्थीहरुका मागप्रति ऐक्यबद्धता जाहेर गर्दै महिला सुरक्षा दबाव समूहले घटनामा निष्पक्ष छानविन समितिको माग गर्दै र घटनाको सत्यतथ्य बाहिर ल्याई दोषी उपर हदैसम्मको कार्वाही गर्न तथा पिडितहरुलाई क्षतिपूर्ति सहित न्याय दिलाउन माग समेत गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच