
गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा दोस्रो गुल्मी महोत्सव हुने भएको छ। गुल्मी चेम्बर अफ कमर्सको आयोजनामा 'गुल्मी जिल्लाको समृद्धिको आधार, कृषि, पर्यटन, उद्योग र व्यापार' भन्ने मुख्य नारासहित रेसुङ्गा नगरपालिकाको वडा नम्बर २ नुनथलामा महोत्सव गर्न लागिएको अध्यक्ष दुर्गाप्रसाद पाण्डेले जानकारी दिनुभयो।
सोमबार पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष पाण्डेले दोस्रो गुल्मी महोत्सव-२०८१ तथा कृषि पर्यटन व्यापार एवम् औद्योगिक मेला गर्न लागिएको हो बताउनुभयो। विशेषगरी जिल्लामा स्तिर रहेको आर्थिकलाई चलायमान बनाउन यहि चैत २९ गतेदेखि २०८२ वैशाख १३ गतेसम्म महोत्सव सञ्चालन हुने उहाँले बताउनुभयो।
महोत्सवबाट जिल्लाको आर्थिकलाई चलायमान बनाउनुका साथै स्थानीय उत्पादनको प्रचारप्रसारसंगै उत्पादनको प्रवर्द्धन गरिने गुल्मी चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष वीरेन्द्र भुसालले बताउनुभयो। स्थानीय उत्पादनलाई निस्शुल्क रुपमा स्टल उपलब्ध गराइनुका साथै स्थानीय कला(संस्कृतिलाई समेत विशेष प्राथमिकता दिइने उहाँले बताउनुभयो।
महोत्सवलाई सफल बनाउन निकै क्रियाशील भएर सबै लागिएको आयोजक संस्थाका सचिव सूर्य घिमिरेले बताउनुभयो। महोत्सवलाई व्यवस्थित र प्रभावकारी बनाउन १७ वटा उपसमिति गठन गर्नुका साथै मेलालाई आकर्षण बनाउन लागिएको उहाँले बताउनुभयो।
महोत्सव अवलोकनका लागि टिकट १०० रुपियाँ रहेको छ। ७० वर्ष भन्दा माथि, बालबालिका र अशक्तलाई निस्शुल्क प्रवेश गराइनेछ। विद्यार्थीलाई टिकटको ५० प्रतिशत छुट प्रदान गरिनेछ। गुल्मी चेम्बर अफ कमर्सले गरेको आम्दानीबाट विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक क्षेत्रमा खर्च गर्ने बताइएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच