
काठमाडाैं । मन्त्रीपरिषद्ले वैकल्पिक विकास वृत्तसँग सम्बन्धित विधेयक पारित गरेको छ ।
सोमवार साँझ सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले वैकल्पिक विकास वृत्तसँग सम्बन्धित विधेयक पारित गरेको हो । मंगलावार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक पूर्वाधार निर्माणमा समेत देश र विदेशको निजी क्षेत्रलाई आकर्षित गर्न सरकारले हालै मात्र वैकल्पिक विकास वृत्तसँग सम्बन्धित एउटा विधेयक तयार पारेको बताउनु भयो । उक्त विधेयकलाई सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले पारित गरेको समेत अर्थमन्त्री पौडेलले जानकारी दिनुभयो ।
उहाँकाअनुसार सरकारले छिटै उक्त विधेयक संसदमा प्रश्तुत गर्नेछ । विधेयक संसदबाट छिटो भन्दा छिटो पारित होस् भन्ने सरकारको चाहना रहेको उपप्रधानमन्त्री पौडेलको भनाइ छ । विधेयक पारित भएसँगै स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई सार्वजनिक पूर्वाधरहरुमा लगानीका लागि आकर्षित गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । विधेयकले पूर्वाधार विकासमा रहेको श्रोत व्यवस्थापनको चुनौतिाई समेत समाधान गर्न सहज हुने बताउनु भयो । उहाँले सरकारले सरकारी कोषमा निर्भर भएर मात्रै सार्वजनिक पूर्वाधार विकासमा श्रोत व्यवस्थापनको आवश्यकता पूरा गर्न नसक्ने बताउनु भयो ।
अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘पछिल्लो दिनमा हामीसँग सार्वजनिक पूर्वाधार विकासको सन्दर्भमा जुन प्रकारको श्रोत व्यवस्थापनको चुनौति सिर्जना भएको छ । गभर्मेण्टको ट्रेजरीमाथि मात्रै निर्भर भएर हामीले पूर्वाधारको क्षेत्रमा जे जस्ता आवश्यकताहरु छन्, ति आवश्यकता पूरा गर्न सम्भव छैन भन्ने सच्चाईलाई महशुस गरीकन सार्वजनिक पूर्वाधार निर्माणमा समेत देश र विदेशको निजी क्षेत्रलाई आकर्षित गर्न हिसावले सरकारले हालैमात्र वैकल्पिक विकास वृत्तसँग सम्बन्धित एउटा विधेयक तयार गरेको छ । मन्त्री परिषद्ले हिजो मात्रै त्यो विधेयक पारित गरेको छ । हामी छिटै यो विधेयकलाई संसदमा प्रश्तुत गर्नेछौँ । संसदबाट यो विधेयक छिटो भन्दा छिटो पारित होस् भन्ने सरकारको चाहना छ । यो विधेयक पारित भएसँगै निजी क्षेत्रलाई देश र दुनियाँका लगानीकर्ताहरुलाई सार्वजनिक पूर्वाधारमा राम्रो प्रतिफल दिने सार्वजनिक पूर्वाधारहरुमा लगानीका लागि आकर्षित गर्न सकिन्छ । र पूर्वाधार विकासमा जुन प्रकारको श्रोत व्यवस्थापनको चुनौति छ, ति चुनौतिलाई समाधान गर्न सहज हुनेछ ।’
उपप्रधानमन्त्री पौडेलले देशभित्रै सुन्दर भविष्य बनाउन सकिन्छ भन्नेकुरालाई आत्मसाथ गरेर अध्ययन गर्न विद्यार्थीलाई आग्रह गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच