
भद्रपुर । हरिप्रसाद न्यौपानेको छैटौं कृति, स्मृतिकाव्य ‘रमा’को लोकार्पण गरिएको छ । झापाको चन्द्रगढीमा एक कार्यक्रमबीच उक्त कृतिको लोकार्पण गरिएको हो । कार्यक्रम लेखनाथ पुस्तकालय चन्द्रगढीको आयोजनामा भएको थियो । कार्यक्रममा पुस्तकालयकी कार्यवाहक सभापति खगेन्द्रा खुशीको अध्यक्षता र प्राडा.गंगाप्रसाद अधिकारीको प्रमुख आतिथ्य रहेको थियो । १६ वटा लामा कविता समावेश ‘रमा’ले रमा न्यौपानेको जन्मदेखि मृत्युसम्मको जीवन यात्रालाई मार्मिक ढंगले चित्रण गरेको छ ।
गत असार ३१ गते ६४ वर्षको उमेरमा क्यान्सर रोगबाट निधन हुनुभएकी रमा न्यौपाने सरकारी सेवा र सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो । यस कृतिमा हरिप्रसाद न्यौपानेले आफ्नी जेठानी रमाको स्मृतिमा भावुक कविताहरू संगाल्नुभएको छ । उहाँको पति ध्रुवप्रसाद न्यौपानेको पत्नी वियोगको पीडालाई कवितामा उतार्नुभएको छ ।
सहप्राध्यापक चुडामणि वशिष्ठले कृतिमाथि समीक्षा प्रस्तुत गर्दै पत्नी वियोगको पीडा बोकेका पतिहरूको भावनालाई यस काव्यले मार्मिक रूपमा प्रस्तुत गरेको बताउनुभयो । उहाँले जीवनको अन्तिम सत्य मृत्यु भए पनि, उर्वर जीवनले छोडेको रित्तोपनले धेरैको मनमा वेदना निम्त्याउने र यो कृतिले त्यस्तो वेदनालाई कवितामार्फत हलुका बनाउन सक्ने धारणा राख्नुभयो । लता खरेलले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य पुस्तकालयका कोषाध्यक्ष गोविन्द कोइरालाले राख्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच