
काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनाको छाविनको लागि भन्दै राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन परिचालन समितिले ‘स्वतन्त्र र निष्पक्ष नागरिक छानबिन आयोग' गठन गरेको छ ।
संयुक्त जनआन्दोलन परिचालन समितिले वरिष्ठ अधिवक्ता देवेन्द्रलाल नेपालीको संयोजकत्वमा छानबिन आयोग गठन भएको हो ।
चैत १५ गते तीनकुनेमा दुर्गा प्रसाई कमाण्डर रहेको समूहले जनप्रदर्शन तथा सभाको आयोजना गरेको थियो । उक्त कार्यक्रममा प्रदर्शनकारीले अराजकता मच्चाएको आरोप सरकारले लगाएको छ यता आन्दोलनकारीले भने प्रहरीले नै सभामा टियरग्यास हानेर हिंसा भड्काएको दावी गरेका छन् ।
उक्त आयोग गठनको प्रस्तावका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा जगमान गुरुङ्ग, ३६ वटा संघसंस्थाको छाता संस्था राष्ट्रिय शक्ति नेपालका संयोजक केशर बहादुर बिष्ट, पर्यटन व्यवसायी समाजसेवी भरत बस्नेत, किशोरी महतो, प्राडा रत्नकमल वैद्य, अध्यात्मिक नेतृत्व आरबी बस्नेत, मानवअधिकार म्याग्नामिट, २०११ का संयोजक सुरेश आचार्य, रमा सिंह, अस्मिता भण्डारी, पूर्व प्रशासक हरिबहादुर बस्नेत, राष्ट्रिय नागरिक संघर्ष समितिका संयोजक नरेश बहादुर सिंह, ध्रुव खतिवडा, यादवराज पाण्डेय, निराकार रेग्मी, दिपक महाराज आत्रेय, नेवा एकता तथा नागरिक समाजका रञ्जिता श्रेष्ठसमेत ३९ संघसंस्था तथा प्रबुद्ध व्यक्तित्वहरुका तर्फबाट हस्ताक्षर भएकोमा आज सम्पन्न एक भेलाले पारित गरेको बताइएको छ ।
गत चैत १५ गते तीनकुनेमा राजावादी समूहरुले शान्तिपूर्ण प्रदर्शन एवं आमसभा आह्वान गरेका थिए । तर, उक्त प्रदर्शन हिंसात्मक बन्दा पत्रकार सुरेश रजकको जलेर र अर्का प्रदर्शनकारी सविन महर्जनको प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।
प्रदर्शनकारीहरुले व्यक्तिको घर, व्यवसायिक स्थल, सरकारी सम्पत्ति लुटपाट, आगजनी र तोडफोडसमेत गरेका थिए ।
प्रहरीले उक्त हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा अहिलेसम्म ७५ जनालाई पक्राउ गरिसकेको छ । तर, राजावादी समूहले भने सरकारले हिंसा भड्काएको आरोप लगाइरहेको छ । न्यायिक आयोगको माग गर्दै राजावादी संघ/संस्थाहरुले उक्त आयोगले प्रतिवेदन नदिएसम्म सो घटनामा कसैलाई पनि दोषी करार गर्न नमिल्ने बताउँदै आएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच