
काठमाडौं । चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा हिंसात्मक प्रदर्शन गराएर फरार दुर्गा प्रसाईंले अर्को भिडियो सन्देश जारी गर्नुभएको छ ।
तीनकुने प्रदर्शनका कमाण्डरसमेत रहनुभएका प्रसाईले सार्वजनिक सन्देशमार्फत आफु नभागेको तर, ‘जोगिएको’ बताउनु भएको छ ।
फरार अवस्थामा रहनुभएको प्रसाईंले फेरि गुप्त स्थानबाट नयाँ भिडिओ सन्देश जारी गर्नुभएको हाे ।
प्रसाईंको सचिवालयको फेसबुक पेजबाट जारी भिडियाेमा उहाँले आफू भाग्न जन्मेको नभएर नेपालमै कतै बसेको बताउनु भएको छ ।
यसअघि पनि प्रसार्ईंले एक भिडियो सन्देशमार्फत आफू कतै नभागेको काठमाडौकै एक मन्दिरमा रहेको बताउनु भएको थियो ।
आज फेरि उहाँले आफ्नो सुरक्षा ग्यारेन्टी गरिएको खण्डमा २४ घन्टाभित्रै सार्वजनिक हुने घोषणा समेत गर्नुभएकाे छ ।
सन्देशमा उहाँले मानवअधिकारवादीको रोहबरमा आफू सार्वजनिक हुन तयार रहेको पनि बताउनु भएको छ ।
'मेरा वकिलहरु टंक दुलाल, सुशील पन्त, रमण श्रेष्ठ, सुरेन्द्र भण्डारी, स्वागत नेपाल, ध्रुवलाल श्रेष्ठ, भीमार्जुन आचार्यलगायत र मानव अधिकारको रोहबरमा भोलि नै उपस्थित हुन तयार छु । म नेपालकै कुनै ठाउँमा छु । सार्वजनिक हुन्छु । मेरो जीवनको ग्यारेन्टी भए २४ घन्टाभित्र उपस्थित हुन्छु ।' उहाँले भन्नुभयो ।
तीनकुने घटनामा मृत्यु भएका दुई जनालाई जनही ५ लाख रुपैयाँ दिने पनि उहाँले घोषणा गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ, '१५ गते दुई पत्रकारको जुन मृत्यु भयो, म हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु । उहाँहरु दुवैका परिवारलाई ५/५ लाख रुपैयाँ आर्थिक सहयोग गर्नेछु । सरकारले राहत दिन्छ कि दिँदैन थाहा छैन, म चाहिँ निस्किएर आएपछि दिन्छु ।'
उहाँले आफू नेपालीहरूको लिडर बन्न चाहेको पनि उल्लेख गर्नुभयो ।
प्रसाईंले आफूबाट आन्दोलनको नेतृत्व हत्याउने षड्यन्त्र भएको पनि बताउनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफूलाई राजावादी पार्टीको नेता बताउने एक जना मिलेर आफूमाथि षड्यन्त्र रचिएको उहाँले आरोप लगाउनु भयो । ती राजावादी व्यक्तिका बारेमा भने पछि खुलासा गर्ने प्रसाईंको दाबी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच