
धरानदेखि बाल सुबोधिनीसम्म
गुरु भोलि पल्ट पाँच दिनपछि आउने वचन दिँदै पानवारी खेतीतर्फ जानुभयो । ताप्लेजुङ जाने निधो भएपछि मैले पिण्ठेश्वर जान परेन । आमा र दिदी मेरा निम्ति चाहिने सामग्री जुटाउन व्यस्त हुनुभयो भने म उहाँहरूको अगाडि पछाडि रमाउँदै हिँड्नुमै दंग भएँ । पाँच दिनपछि गुरु आउनुभयो र हामी ताप्लेजुङतर्फ प्रस्थान गर्यौ । त्यसबेला घरानबाट ताप्लेजुङ पुग्न तीन-चार दिनको पैदल यात्रा गर्नुपर्दथ्यो । पहिलो रात हामी धनकुटामा बास बस्यौ । दोस्रो दिन म थाकेकाले गुरुले तीनजुरे कटेपछि माङ्गलबारे चौकीमा एउटा गोठमा बास मिलाउनुभयो ।
हामीलाई मुडाका धुनीको छेउमै सुत्ने व्यवस्था गरिदिएकाले लाग्छ हाम्रो यात्रा जाडोको समयमा थियो । हामीले त्यहाँ दूध र चिउराले छाक टा¥यौं । आधारातमा मलाई पिसाबले च्यापेछ । म बिउँझिएँ र बाहिर निस्किएँ । बाहिर खुबै जाडो थियो । केही पर चउरमा गएर पिसाब फेर्न सुरालको इजार खोल्न खोजेँ तर हात कठाङ्ग्रिसकेका रहेछन् । मैले कठाङ्ग्रिएका हातले इजार खोल्न सकिन र अन्ततः सुरुवालमै पिसाब फेरेँ । मलाई गुरुले थाहा पाउनुहुन्छ कि भन्ने आपत् आइलाग्यो । म डराउँदै भित्र ओछ्यानमा गएर आगोको छेउमा बसेँ र सुराल तथा भित्रको कट्टु सुकाएँ । एकडेढ घण्टामा लुगा सुके त्यसपछि पुनः सुतेँ । भोलिपल्ट हामी हिम शृङ्खाका दृश्यमा रमाउँदै लाम पोखरी, गुफा पोखरी भीमसेनले फ्याकेका ढुंगाहरूलाई पछाडि पार्दै अन्ततः बेलुका साँधुमा अवस्थित गुरुको घरमा पुग्यौ ।
अविकसित देश विकास र प्रविधिको पहुँचमा पुग्न केही पर्खनै पर्ने बाध्यता विश्वव्यापी सत्य हो । त्यसको प्रतिफल ती मुलुकका जनताले केही न केही रूपमा भोग्नैपर्ने हुन्छ । यसकालमा परिस्थिति अनुसार चिठी पत्रहरू हुलाक, चिनजानका मानिसमार्फत आउने-जाने गर्दथे । धरानबाट आएको एक महिनासम्म मलाई न्यास्रोपनले छाडेन । त्यसैले होला एकदिन एकाबिहानै म घरबाट चिठी आयो कि ?
गुरुको निवासमा दुई दिन बसेर थकाइ मारेपछि तेस्रो दिन बिहानको खाना खाएर ताप्लेजुङ मेदिबुंगका लागि गुरु र मेरो यात्रा पुनः सुरु भयो । करिब तीन बजेतिर हामी दोभानमा पुग्यौ । यो स्थान तमोर नदी र मैवा खोलाको संगम रहेछ । त्यहाँ तमोर नदी तर्न बनाएको झोलुंगे पुल तरेर मेदिबुंग पुग्नुपर्ने रहेछ । म विकल्पविहीन पासोझैँ लाग्ने झोलुंगे पुल तर्न थाले । म जति-जति पाइला सार्दै अगाडि बढ्न थालेँ उति-उति पुल पनि उभो कुद्न थालेको प्रतीत हुन थाल्यो । मेरो दृष्टि र मन दुवैमा त्यस बखत तमोरको पानी बहेको नभएर पुल कुदेको आभाष भयो । म आत्तिएँ मेरा हात खुट्टा अचलझैँ भएँ मेरो मुटु ढक्क फुल्यो । आफू पुलको बीचमा पुग्दा नपुग्दा मलाई जीवनको अन्तिम दिन आजै रहेछ भन्ने महसुस भएको अनुभूत भयो । मैले पारि हेरेँ अझैँ टाढा छ । म पुलको साङ्लो समाएर ठिङ्ग उभिए । पिङझैँ हल्लिएको पुलबाट म खस्ने भएँ भनेर मनमनै रामनाम जप्नथाले । यहीबेला केही पछाडि आउँदै गर्नुभएका गुरुले मेरो मर्म बुझ्नु भएछ । गुरुले तुरुन्त मलाई तल नहेरी पारि हेरेर हिँड अन्यथा रिँगटा लाग्नेछ भनेर अलि सारो आवाजमा भन्नुभयो । गुरुको यो वचन मलाई रामवाण भयो । म तुरुन्त सतर्क भएँ र विस्तारै पारि हेर्दै पाइला चाल्न थालेँ । अन्ततः निकै ढिलै भए पनि ठूलै मानसिक कष्टकासाथ पुलपारि पुगेँ । म पारि पुगेर थचक्क बस्दानबस्दै गुरु आएर छेउमा बस्नुभयो र डर लाग्यो ? भनेर सोध्नुभयो । मैले दबेको आवाजमा सारै डरलाग्दो रहेछ भनेँ । उहाँले सबैतिर यत्तिका पुल पनि छैनन् तिमी डराएर तलतिर हेर्यौ त्यसैले तिमीलाई रिँगटा लागेर त्यस्तो लागेको हो भन्नुभयो । मैले निरुत्तर गुरुलाई हेरिमात्र रहेँ । केही थकाइ मरेपछि हामी उकालो लाग्यौ र करिब एकघण्टापछि साँझमा मेदिबुंगको बाल सुबोधिनी विद्यालयको छात्रावासमा पुग्यौ । गुरुले मलाई एक खाट देखाउँदै अब एकराज र तिमी त्यही खाटमा सुत्ने भन्नुभयो र गोडा धोएर विश्राम गर भन्नुभयो ।
हामी छात्रवासमा प्रवेश गर्नासाथ दाइ हरिराज र मित्र एकराजसँग भेट भयो । उहाँहरूसँग भेट भएपछि मलाई कुनै नौलो ठाउँमा भएको जस्तो लागेन । मन एक प्रकारले प्रसन्न भयोे । म मेदिबुंग छात्रावासमै बसेर नियमित छात्रका रूपमा पढ्न थालेँ । त्यसबेला त्यहाँको प्राचार्य पशुपति भट्टराईका हुनुहुन्थ्यो जो आफैंमा योग्य व्यक्तित्व हुनुहुन्थ्यो । गुरुहरू पं. बैजनाथ भट्टराई, गंगाप्रसाद लम्साल, हरिहर गुरगाँञी, गंगा गुरगाँञी, टंक पौडेल र पशुपति गुरुकै दाजु र भाइका साथ अन्य केही शिक्षकहरू उहाँका सहयोगी हुनुहुन्थ्यो । केही दिनमै म विद्यालयका साथीहरूका बीचमा धराने भनेर परिचित भए । छात्रवासका साथीहरू पनि आत्मीय बन्दै गएँ । विद्यालय दिउँसो आउने साथीहरू पनि मप्रति आकर्षित भए यसरी दिन प्रतिदिन साथीहरूको संख्या बढ्दै गयो । छात्रवासको एक कोठामा गुरु वैजनाथ, हरिराज, एकराज र म बस्तथ्यौँ । अरू चार-पाँच कोठामा दाई टंक भण्डारी (पछि महीधराचार्यका नामले प्रख्यात)खेम कोइराला बन्धु, डिल्ली घिमिरे, धनपति पराजुली लेखनाथ घिमिरेका साथमा साथीहरू मोती भण्डारी (पछि मदन भण्डारीका नामले सुपरिचित जननेता) तुलसी भट्टराई, इन्द्र काफ्ले, डिल्ली काफ्ले, कोमल घिमिरे, हरिनारायण भट्टलगायत दश-पन्घ्रजना विद्यार्थीहरू बस्तथे । अहिलेको जस्तो सञ्चार र मनोरञ्जनका साधनको अभाव भए पनि लम्सीका दानालाई गुच्चाका रूपमा हामी खेल्थ्यौ र त्यसैमा रमाउँथ्यौँ । खेलकुलमा मुख्य खेलका रूपमा एकमात्र भलिबल थियो । छात्रवासमा मित लगाएर नरिवल बाढ्ने चलन पनि एक प्रकारको मनोरञ्जनको साधननै बनेको थियो, जसले एक प्रकारको आनन्द प्रदान गर्दथ्यो । मुड्कीले हानेर नरिवलका टुक्रा बनाउने र टुक्रा गनेर बाजी जित्ने र हार्ने चलन खुवै थियो । यसरी बाजी थाप्ने काममा यदाकदा छात्रवास बाहिरका साथीहरू सागर मणि लम्साल र सूर्य पोख्रेल पनि सहभागी हुने गर्दर्थे । नरिवलको बाजीमा हारजित भएपछि सबैले नरिवल पाउने भएकाले प्रायः हामी सबै एकत्रित भएर सहभागी हुने गर्दथ्यौँ । एक वर्षजति मैले गुरुकै मेसमा खाना खाएँ । त्यसपछि गेहनाथ बरालको छोराले धरान हाम्रो घरमा खाना खाने र मैले मेदिबुंगमा उहाँहरूको भरमा खाना खाने एकप्रकारको साटासाट गरेर अभिभावकले मिलाउनु भएछ र म खानाखान बिहान बेलुका त्यहाँ जान थालेँ ।
गुरुसँग रमाएर म बाल सुबोधिनी मेदिबुंग पाठशालामा पूर्वमध्यमाको तयारीमा लागिरहेकै थिए । त्यसबेला मेरो उमेर केवल बाह्र-तेह्र वर्षको मात्र थियो तथापि ममा खै के प्रतिभा देखेर हो गुरुहरूले मलाई पाठशालाको विद्यार्थी संघको उपाध्यक्ष बनाउनुभएको थियो । संघमा मबाहेकका अध्यक्षमा शक्ति लुइटेल रामचन्द्र गौतम कोषाध्यक्ष आदि थिए भने मैले सम्झने गंगा भट्टराई, गंगा कार्र्की, धनपति सुवेदी आदि हामीभन्दा तल्लो कक्षाका भए पनि सक्रियताले सबैका प्रिय थिएँ ।
करिब एक वर्षपछि गर्मीको छुट्टीमा म फेरि धरान घरमा आएँ । ताप्लेजुङबाट धरान आइपुग्दा कताकता आफूलाई नयाँ अनुभूति भयो । घरमा तल्लो तलामा नचिनेका पौडेल परिवार आफ्नै परिवारका सदश्यका रुपमा बस्नु भएको रहेछ भने आमाबुबा ठूलोदाजु निधिनाथलगायत परिवारका अधिकांश सदश्य चक्रघट्टी सर्नु भएको रहेछ । यो देखेर दुई-चार दिन आफैंलाई पाहुनाझैँ लाग्यो । दुई-चार दिनपछि समवयको रमेश पौडेललाई साथीका रूपमा पाएपछि मैले ताप्लेजुङलाई लगभग बिर्सिएँ । रमेश र म दुई-चार दिनमै अभिन्न मित्र भएछौ । थाहै नपाइ खानाखान र सुत्नबाहेका अन्य समयमा भने हामी पृथक हुन नसक्ने भएछौं ।
म आफूलाई निरक्षर सम्झिँदै बाटो हराएको पथिकझैँ भए । आफूलाई निरक्षरी सम्झिएको रनाहामा मैले तुरुन्त धरान फर्किएर अंग्रेजी पढ्ने निर्णय गरेँ । मेदिबुङ्ग आएर गुरुलाई म घर जान्छु भनेर सुनाए । एकाएक मैले यसोभन्दा गुरु छक्क पर्नुभयो । आदर्श गुरुको कर्तव्य निर्वाह गर्र्दै उहाँले पढाइ बिग्रन्छ नजाउ भनेर धेरै सम्झाउनुभयो । म विमूढ भइसकेको रहेछु मैले मान्दै मानिन ।
त्यसबेला हाम्रो धरानमा दश कठ्ठाको क्षेत्रफल भएको घरेडी भएकाले सिजन अनुसारको तरकारी, हरिया मकै, आप, मेवा, आरू आदि फलफूल र तरकारीको अभाव थिएन तथापि त्यो वर्ष सायद ढिलो छरेकाले हो कि ? हाम्रो बारीमा मकै पाक्न अलिक ढिलो भएको थियो । रमेश र म छिमेकीका मकै चोरेर सिरान तलामा भुटेर हरिया मकै खान थाल्यौ । बुबाले कलकत्ताबाट ल्याएको नयाँ पित्तलका स्टोभलाई हामीले दुई-चार दिनमात्र के सदुपयोग गरेका थियौँ एक दिन हामीले मकै चोर्दै गर्दा मकै चोर त यिनीहरू पो रहेछन् भनेर हातमा लठ्ठी बोकेका छिमेकीका काम गर्ने दाइले हामीलाई खेद्न थाले । हामी हाम्रो मकैबारीतिर छिरेर अन्ततः घरको सिरान तलामा आएर लुक्यौ र आफूलाई बचायौ । उनी घरसम्म खेद्दै आए पनि हामी घरभित्र छिरेको पत्तो पाए वा पाएनन् ? तर घरभित्र छिर्न उचित ठानेनन् र दिदीदाजुहरूलाई मकै चोरेको पोल लगाएर फर्किएँ । घरमा दुई-चार दिन मकै चोरेको काण्ड चर्चामा रहृयो । रमेश र मलाई कृष्णदाइ र रामप्रसाद दाइले सम्झाउनुभयो । त्यसपछि त्यो कुकर्म दोहोरिएन । यसबीच म एकहप्ता जति चक्रघट्टी बसेँ र पुनः धरान फर्किएँ । म फर्किएर आएपछि अक्सर समय पाउना साथ रमेश र म रमेशकी अन्तरी दिदी छायाँ भट्टराईको घरमा जाने गर्न थाल्यौ । त्यसैबेला दिदीकी नन्द बैनी यशोदा भट्टराईसँग पहिलो भेट भयो मेरो । उनी सानै भए पनि साधारण तर तिक्ष्ण प्रतिभाकी खानी भएकाले मैले उनलाई आदर सत्कार गर्न थालेँ । थोरै समयमै उनी र मेरो बीचमा दाजुबहिनीको नाता पुष्पित र पल्लवित भयो । कहिले सर्दुखोला कहिले खहरेको ठूलो धारो कहिले छाता चोक गरेर रमेश र मैले डेढ महिना बितायौ । अन्ततः डेढ महिनापछि म ताप्लेजुङ फर्किएँ ।
अविकसित देश विकास र प्रविधिको पहुँचमा पुग्न केही पर्खनै पर्ने बाध्यता विश्वव्यापी सत्य हो । त्यसको प्रतिफल ती मुलुकका जनताले केही न केही रूपमा भोग्नै पर्नेहुन्छ । यसकालमा परिस्थिति अनुसार चिठी पत्रहरू हुलाक, चिनजानका मानिसमार्फत आउने र जाने गर्दथे । धरानबाट आएको एक महिनासम्म मलाई न्यास्रो पनले छाडेन । त्यसैले होला एक दिन एकाबिहानै म घरबाट चिठी आयो कि ? भन्ने अभिप्रायले फुङलिङ बजारमा चक्कर लाउन पुगेँ । चिठी आएको छ वा छैन भनेर पत्ता लगाउन पनि हुलाक खुल्नुपर्ने भएकाले केही समय बिताउन त्यहाँको चल्तीको ठाइला साहूको चिया पसलतिर लम्कँदै गर्दा एकजना बुढी आमाले ‘नानी ! यो चिठी मेरा छोराले पठाएको भनेर यहाँ दोकान गर्ने मेरा गाउँले साहुले दियो । तर, म पढ्न जान्दिन तसर्थ तिमी पढिदेउन ?’ भन्दै मतिर खाम तेस्र्याइन । मैले हातमा खाम लिएँ । चिठीमा ठेगाना अंग्रेजीमा रहेछ । अंग्रेजीमा पढ्न अभ्यस्त नभएकाले अप्ठेरोसँग कन्दै पढ्न थालेँ त्यही समयमा फुङलिङ तोक्मे डाडाँको भानु हाइस्कुलमा पढ्ने एउटा विद्यार्थी अगाडि आयो र मेरो हातबाट चिठीको खाम फुत्त तानेर फर्रर ठेगाना पढी दियो । आमाका मुहारमा खुशीका घाम लागे । आमाको अनुरोधमा उसले चिठी पढिसक्यो म मूर्तिवत दर्शक भएर उभिरहेँ । छोराको चिठी सुनिसकेपछि आमा खुशीले गद्गद् भइन र आशीर्वाद दिँदै आफ्नो बाटो लागिन् । तर म भने आफूलाई निरक्षर सझिँदै बाटो हराएको पथिकझैँ भए । यो घटनाले मलाई निक्कै घोच्यो । आफूलाई निरक्षरी सम्झिएको रनाहामा मैले तुरून्त धरान फर्किएर अंग्रेजी पढ्ने निर्णय गरेँ । मेदिबुंग आएर गुरुलाई म घर जान्छु भनेर सुनाए । एकाएक मैले यसो भन्दा गुरु छक्क पर्नुभयो । आदर्श गुरुको कर्तव्य निवार्ह गर्दै उहाँले पढाई बिग्रन्छ नजाउ भनेर धेरै सम्झाउनुभयो । म विमूढ भइसकेको रहेछु मैले मान्दै मानिन । अन्ततः केही दिनपछि म अंग्रेजी पढ्ने उद्देश्य लिएर पुनः धरान फर्किएँ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच