‘कैदीको पत्र’को ‘मेरो दिलको तालमा’ सार्वजनिक

Read Time = 1 min

काठमाडौं । चलचित्र ‘कैदीको पत्र’को पहिलो गीत ‘मेरो दिलको तालमा’ सार्वजनिक भएको छ । वैशाख १५ गतेदेखि देशभरका सिनेमाघरमा आउन लागेको सार्वजनिक गीतमा प्रताप दास र सुबानी मोक्तानको स्वर छ भने सनमकुमार बैरागको शब्द रचना तथा सुरेश सेञ्चुरीको संगत छ ।

गीतको भिडियोमा चलचित्रका प्रमुख कलाकारहरू कुनाल विश्व र ब्रिटिश अभिनेत्री म्याडिशन लाजारसको अभिनय छ । गीतको अंग्र्रेजी लाइन निखिल गोतामेले लेख्नुभएको हो भने कविराज गहतराजको कोरियोग्राफी छ ।

चलचित्रमा कुनाल र म्याडिशनको साथमा सलिना थापामगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठलगायतका नेपाली तथा ब्रिटिश कलाकारहरूको अभिनय छ । चलचित्रको निर्मातामा दिल घले, नानी बैराग, कैलाश विश्वकर्मा र हिराल जोशी हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?