ब्रहृमायणी आयोजनाका लागि लगानी सुनिश्चित

Read Time = 3 mins

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ र ३ मा निर्माण हुने ब्रहृमायणी (३५.४७ मेगावाट) र अपर ब्रहृमायणी (१५.१५ मेगावाट) जलविद्युत् आयोजनाका लागि वित्तीय स्रोत सुनिश्चित भएको छ । इन्टिग्रेटेड हाइड्रो फण्ड नेपाल प्रालिले निर्माण गर्ने दुवै आयोजनामा सानिमा, सिद्धार्थ, कुमारी, लक्ष्मी, प्रभु बैंक र मञ्जुश्री फाइनान्सले ऋण लगानी गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ । कम्पनीका अध्यक्ष भरतप्रसाद पराजुली र बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार ब्रहृमायणी आयोजनामा सानिमाले २४.७८, सिद्धार्थले १८.५८, कुमारीले १५.०४, लक्ष्मीले १४.१६, प्रभुले १०.६२ र मञ्जुश्री फाइनान्सले ३.५४ प्रतिशत ऋण लगानी गर्नेछन् भने हाडड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले ८.८५ प्रतिशत लगानी गर्नेछ ।

त्यसैगरी अपर ब्रहृमायणी आयोजनामा सानिमाले २४.७०, सिद्धार्थले २९.२९, कुमारीले १२.५५, लक्ष्मीले १२.५५, प्रभुले ८.३७ र मञ्जुश्री फाइनान्सले १.१८ प्रतिशत ऋण लगानी गर्नेछन् । प्रवद्र्धकसहित ब्रहृमायणीमा सात अर्ब ३४ करोड एक लाख १६ हजार र अपर ब्रहृमायणीमा तीन अर्ब १२ करोड ४१ लाख ६२ हजार रुपैयाँ लगानी हुने बताइएको छ । दुवै आयोजनामा बैंक तथा वित्तीय संस्थाले ७५ र प्रतिशत सेयरधनी प्रवद्र्धकले २५ प्रतिशत लगानी गर्ने इन्टिग्रेटेड हाइड्रो फण्ड नेपालका अध्यक्ष भरतप्रसाद पराजुलीले जानकारी दिनुभएको छ । हाल आयोजनास्थल पुग्ने पहुँचमार्ग निर्माणको काम भइरहेको छ भने २०८२ कात्तिकसम्म आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको पराजुलीले बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?