हरितारा चलचित्र पुरस्कार प्रदान

Read Time = 7 mins

काठमाडौं । हरितारा चलचित्र पुरस्कार, श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार, फिल्मर्की चेतन कार्की स्मृति पुरस्कार र परिवर्तन सम्मान एकसाथ प्रदान गरिएको छ । परिवर्तन नेपालको आयोजनामा बुधबार राजधानीमा एक विशेष समारोहबीच पुरस्कार प्रदान गरिएको हो ।

उक्त समारोहमा नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्द, करिष्मा मानन्धर, दीपाश्री निरौला, रेखा थापा, रेजिना उप्रेती, सम्पादकरनिर्देशक रक्षा राणा, सञ्चारकर्मी तथा निर्देशक सम्झना उप्रेती रौनियार, स्व। चेतन कार्कीकी धर्म पत्नी गंगा कार्की तथा चलचित्रकर्मीहरू, शावित्री कोइरालाले पुरस्कृत र सम्मानित व्यक्तित्वलाई पुरस्कार तथा सम्मान समर्पण गर्नुभएको थियो ।

हरितारा चलचित्र पुरस्कारको संरक्षक सदस्य मालिका राणाको सभापतित्वमा सम्पन्न उक्त समारोहमा अभिनेत्री मिथिला शर्मा र सञ्चारकर्मी विदुर गिरीलाई जनही २५ हजार रुपैयाको थैलीसहित सम्मानपत्र समर्पण गरिएको थियो ।

वि।सं। २०५२ सालमा स्थापना गरिएको हरितारा चलचित्र पुरस्कार नेपालको पहिलो चलचित्र पुरस्कार मानिन्छ । स्व। विजय राणाले स्थापना गर्नुभएको उक्त पुरस्कारको संरक्षक र अध्यक्ष मनोज शम्सेर जबरा र सदस्य सचिवमा चलचित्रकर्मी मोहन निरौला हुनुहुन्छ ।

समारोहमा दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार चलचित्रकर्मी मनोज केसी र अभिनेता विनोद श्रेष्ठलाई जनही १० हजार थैली सहितको लिखत पत्र र चेतन कार्की स्मृति पुरस्कार अभिनेता निर्देशक देशभक्त खनाललाई ११ हजार १११ रुपैयाँ सहितको सम्मान(पत्र समर्पण गरिएको थियो ।

सोही समारोहमा नेपाल चलचित्र पत्रकार संघका वर्तमान अध्यक्ष दिनेश सिटौलालाई परिवर्तन नेपाल पत्रकारिता विशेष सम्मान समर्पण गरिएको थियो ।

चलचित्र क्षेत्रमा विशेष योगदान पुर्‍याउनु हुने चलचित्रकर्मी निर्देशक मदन घिमिरे, निर्देशक ज्ञानेन्द्र देउजा, लेखक मौनता श्रेष्ठ, अभिनेता राजकुमार शाह, अभिनेता श्रीदेव भट्टराईलाई परिवर्तन नेपाल विशेष सम्मान अर्पण गरिएको थियो ।

समारोहमा अभिनेत्री शारदा गिरी, निर्देशक जनकराज खकुरेल, निर्देशक देवेन्द्र पाण्डे, मोडलरअभिनेत्री दीपाशा व।सी।, खेलाडीरकलाकार नन्दा बस्याल, रङ्गकर्मी मञ्जु निरौला, रेणु पौडेल, रजनी अर्याललाई परिवर्तन सम्मान अर्पण गरिएको थियो । उपरोक्त पुरस्कार र सम्मानको सिफारिस मोहन निरौला, सुन्दर श्रेष्ठ र शान्तिप्रिय सम्मिलित समितिले गरेको थियो ।

गायकरसङ्गीतकार तथा सञ्चारकर्मी सरोज कोइरालाले सञ्चालन गर्नुभएको उक्त समारोहमा परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले स्वागत मन्तव्य ब्यक्त गर्दै परिवर्तन नेपालले आफ्नो स्थापना काल २०५३ देखिनै चलचित्रकर्मीहरूलाई पुरस्कार तथा सम्मान अर्पण गर्दै आइरहेको बताउनुभयो भने परिवर्तन नेपालले अर्पण गर्ने पुरस्कारका लागि आफ्नी धर्मपत्नी श्रीमती कविता निरौलाले दश लाखको अक्षय कोष स्थापना गरिदिनुभएको बताउनुभयो ।

समारोहमा पुरस्कृत व्यक्तित्व अभिनेत्री मिथिला शर्माले विशिष्ट संस्कृतिविद तथा चलचित्रकर्मी चेतन कार्कीको योगदानलाई राष्ट्रले सम्झनु पर्नेमा परिवर्तन नेपालले सम्मान स्वरुप पुरस्कार स्थापना गरेकोमा परिवर्तन नेपाललाई धन्यवाद दिनुभयो ।

यसैगरी अभिनेत्री करिष्मा मानन्धरले नेपालमा चलचित्र सम्बन्धी पहिलो पुरस्कार हरितारा पुरस्कार भएको चर्चा गर्दै चलचित्रकर्मीलाई प्रोत्साहन गर्न परिवर्तन नेपालले पुरस्कार अर्पण गर्दै आएकोमा चलचित्रकर्मीको तर्फबाट धन्यवाद दिनुभयो ।

अभिनेत्री रेखा थापाले चलचित्रकर्मीहरूको उत्थानका लागि यस प्रकारका पुरस्कारले प्रोत्साहन मिल्ने चर्चा गर्दै प्रत्येक चलचित्रकर्मीहरू देश समाज परिवर्तन गर्ने नायक भएको महशुश गर्नु पर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

समारोहमा कलाकाररनिर्देशक दीपाश्री निरौला, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्रकर्मी मदनदाश श्रेष्ठ, देशभक्त खनाल र मनोज के।सी।ले मन्तव्य राख्नु भएको थियो ।

समारोहको व्यवस्थापन निर्देशक माधवराज खरेलको संयोजकत्वमा निर्देशक विश्वदीप घिमिरे, कलाकार प्रल्हाद खरेल र सञ्चारकर्मी राममणि ढकालले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?