जेठ महिनाका जात्रा तथा पर्वहरू

Read Time = 14 mins

- इन्द्रबहादुर शाक्य
२०८० सालको जेठ १ गते संक्रान्तिका दिन ललितपुरमा रातो मत्स्येन्द्रनाथमा गुठीमा संक्रान्ति (सल्हू) पूजा गरी मनाइन्छ । यसमा प्रायः पाटनबासीहरूको संलग्नता रहन्छ । जेठ १ गते स्याङ्जामा आलमदेवीको पूजा गरिन्छ । जेष्ठ कृष्णपक्ष औंसीमा सावित्रीको व्रत बसेर पाठ गरी सुस्वास्थ्य, आम्दानी, निरोगीता आदि प्राप्तिका लागि व्रत बस्ने चलन छ । जेष्ठ कृष्णपक्षको औंसीका दिन गरिने बटसावित्रीव्रत एक दिनअगाडि नै चतुर्दशी नवविवाहिता बेहुलीको पतिको घरबाट आफ्नो माइतमा पठाइएको सामग्रीले ‘गौरी नैवेद्य’ चढाउने चलन छ । यसमा धानको लावा भुटेर, बेसारको गौरी बनाई पूजा गरिन्छ ।

यसमा बरको रुखलाई रंग्याइएको काँचो धागोले बेरेर पूजाआजा गरेपछि सोही ठाउँमा बट सावित्रीको कथासमेत श्रवण गर्ने प्रचलन रहेको छ । यो प्रचलन मिथिलावासीहरूमा पनि छ । व्रतालु महिलाहरूले शिवपार्वती विवाहसम्बन्धी गीत गाउने गर्दछ । यो पर्व तराईका विवाहित महिलाले मनाउने गर्दछन् । यो पर्व कायस्थ, ब्राहृमण र देव जातिमा नवविवाहित महिलाहरूले विशेष रूपमा विधिविधान अनुसार मनाउने गर्दछन् । तर, अहिले अन्य जातिले पनि पतिको दीर्घायुको कामनासहित व्रत बस्न थालेका छन् । यो पर्वमा वरको रुखमा पूजाआराधना गरिन्छ । बरको रूखमा ब्रहृमा र विष्णुको बास हुने जनविश्वास छ । यो वर पूजा गरी मनाउने भएकाले यसलाई वरसावित्री पर्व भनिन्छ । यो व्रत बस्ने अहिले पनि चलन छ ।

यो औंसीको दिनमा शनिको जन्म भएको हुनाले शनिजयन्ती पनि मानिन्छ । यस व्रतमा दुःख निवारणको कामना गरिन्छ । जेष्ठ शुक्लकपक्ष प्रतिपदाको दिन दशहरा गोसाइँकुण्ड स्नान सुरु हुन्छ । यो गंगादशहरासम्म हुन्छ । जेष्ठको कृष्णपक्ष चतुर्थीका दिनमा रोल्पा क्षेत्रमा झाँक्री पूजा गरिन्छ । षष्ठीको दिनमा सिठी पर्व मनाउँदछ । बलम्बुमा सिठी देवताजात्रा हुन्छ । यहाँ कुमारको जात्रा गरिन्छ । काठमाडौंमा पनि कुमारको जात्रा गरिन्छ । भक्तपुरमा चण्डी भगवती जात्रा हुन्छ । अधिराज्यका नेवारहरू यो पर्वमा विभिन्न प्रकारका बारा बनाएर खाने गरिन्छ । मास, मुसुरो, केराउ, आलुको बारा (ओ) बनाएर खाइन्छ । साथै त्यही दिनमा इनार पनि सफा गरिन्छ ।

सुदूरपश्चिममा बझाङ जिल्लाको प्रसिद्ध धार्मिकस्थल खप्पडमा गंगादशहरा मेला रौनकपूर्वक सम्पन्न हुन्छ । प्रत्येक वर्ष जेष्ठ शुक्ल गंगादशमीका दिन यहाँ मेला लाग्दछ । खप्पडमा रहेको त्रिवेणीमा स्नान गर्नाले मनोकामना पूरा हुनेछ भन्ने जनविश्वास छ ।

वर्षको एक चोटि सिठी पर्वमा नै इनारभित्र भएको फोहोर सफा गरी इनारमा सफा पानी रहोस् भन्ने भावले यसो गरिन्छ । पहिला धारा नभएको बेला सफा पानीका लागि यस्तो गरिन्छ अहिले यस्तो चलन छ । जेष्ठ शुक्लपक्ष दशमीका दिन पाल्पा जिल्लाको रिडी क्षेत्रमा ऋषिकेश उत्सव र हत्यामोचन तीर्थस्थल स्नान हुन्छ । बज्रगुरु पद्यमसम्भव जयन्ती हुन्छ । दशहरामा तीर्थहरूमा न्यानोपनका लागि स्नान गरिन्छ । हिमाली भेगमा नुवाकोट जिल्ला गोसाइँकुण्डमा स्नान गरिन्छ । यस दिन तीर्थ स्नान गर्नाले रोग लाग्दैन भन्ने जनविश्वास हिन्दू धर्मालम्बीहरूमा रहेको छ ।

दशहरा :
सुदूरपश्चिममा बझाङ जिल्लाको प्रसिद्ध धार्मिकस्थल खप्पडमा गंगादशहरा मेला रौनकपूर्वक सम्पन्न हुन्छ । प्रत्येक वर्ष जेष्ठ शुक्ल गंगादशमीका दिन यहाँ मेला लाग्दछ । खप्पडमा रहेको त्रिवेणीमा स्नान गर्नाले मनोकामना पूरा हुनेछ भन्ने जनविश्वास छ । यो विश्वास पूरा गर्नका लागि यो गंगादशहराको दिनमा खप्पडस्थित त्रिवेणी धाममा स्नान गरी जललिने परापूर्व कालदेखिको चलन स्थानीयवासीहरूम विद्यमान छ ।

सुदूरपश्चिम प्रदेशका चार जिल्ला बाजुरा, बझाङ, आछाम र डोटीको मुख्य केन्द्रबिन्दुमा पर्ने धार्मिक र पर्यटकीय स्थान हो यो ठाउँ । यो स्थानमा द्वापर युगमा पाण्डवहरू पनि १४ वर्षे वनवासका क्रममा त्यही ठाउँमा स्नान गरेको भनेर त्यस ठाउँका बासिन्दाहरू विश्वास गर्छन् । त्यस ठाउँमा ५२ थुम्का र २२ पाटन रहेका छन् । त्यहाँ त्रिवेणी नदी, खप्पर दह, शिव मन्दिर, सहसलिंग, नाग ढुंगाका धरै मन्दिरहरू रहेका छन् ।

दशहरामा गुरुङहरूको सौज पूजा, दैलेखमा दुल्लु मेला, सोलुखुम्बुमा दुम्जी पर्व सुरु गरी पूर्णिमासम्म चलाई समाप्त गरिन्छ । बटुक भैरव जयन्ती पनि गरिन्छ । यस महिनामा पशुपतिमा खिचडी चडाई शेर्पाहरू दुम्जी चाडपर्व मनाउँदछन्, नाचगान गरी यो पर्व असारसम्म मनाउँदछन् ।

सत्ययुगमा देवीदेवताहरू पनौतीमा विराजमान भएको प्रमाणित हुन्छ । साथै नेपाल राष्ट्रभित्र पनौतीमा सत्ययुगदेखि नै मानिस बसेका थिए भन्नेछ । मानिसले लुकामारी (सम्भोग) गरेको नदेखेको भए यो रथ जुधाउने जात्रा हुँदैनथ्यो ।

धनगढी :
यस ठाउँको प्रसिद्ध धार्मिक स्थल बेहडाबाना मन्दिर हो । यहाँ गंगादशहरामा ठूलो मेला लाग्छ । त्यस ठाउँमा नेपाल र भारतका श्रद्धालु भक्तजनहरू त्यस ठाउँमा गएर आफ्नो मनमा लागेका कुरा भाकल गरी पूजा गर्दछन् । स्वस्थलाभ, पुत्रलाभ, धनमालको कामना गर्दछन् ।

बैतडी :
यस ठाउँमा विश्वनाथ मन्दिरमा ठूलो मेला हुन्छ । गंगादशहरा स्नान समाप्त हुन्छ । निर्जला एकादशीका दिन तुलसी बीज रोप्ने काम हुन्छ ।

जेष्ठ पूर्णिमा :
नेवार समुदायले यो पूर्णिमालाई ज्याःपून्हि भन्दछन् । यो काठमाडौंमा स्वयम्भूमा गहचाहिलेगु अथवा स्वयम्भूको पूरा डाँडो घुम्ने दिन पनि हो । यो दिनमा धेरैले काम नगरी आराम लिन्छन् । यस दिन काम गर्नु हुँदैन भन्ने भनाइ छ । यो सबभन्दा लामो दिन हो । प्युठानको स्वर्गद्वारीमा सिद्धदेवको पूजा गरी महोत्सव पर्व मनाउँदछ । गैंडु पूजा, पर्वत जिल्लामा राम्चे खार्पा पूजा गरी पर्व मनाउँदछन् । पनौतीमा उन्मन्त्त भैरव, भद्रकाली, ब्रहृमयाणी र इन्द्रेश्वर महादेव जात्रा हुन्छ । पनौतीवासीले त्यस दिनमा देवदेवीको पूजा गरी मनाउँदछन् ।

त्यस दिन स्थानीयबासीले आफ्नो गच्छेअनुसार खाना पकाएर चाडपर्व मनाउँछन् । पनौतीमा यो जेष्ठ पूर्णिमाको दिन विशेष पर्व मनाइन्छ । यो जात्रा तीन दिनसम्म मनाउँछन् । यस जात्रामा छाता ओढ्न अथवा छाता प्रयोग गर्न मनाही छ । पानी प¥यो भने घुम ओढ्नु पर्छ । पूर्णिमाको दिनमा देवीदेवताको रथ अगाडि, पछाडि जुधाउने जात्रा गरिन्छ । यो जात्रामा ब्रहृमयाणी देवीको खटमा राखेर दरबारको आँगनमा दक्षिणतिर हेरिरहेको दृश्यमा एउटा रथमा उभ्याइराखेको हुन्छ ।
पूर्वतिर भद्रकालीको रथयात्रा गर्ने चलन पनि छ । पश्चिमतिर उन्मत्त भैरवको रथ जुधाउँछन् । एकछिनपछि जुधाएर रथ (भद्रकाली) छुटाएर पहिलेकै ठाउँमा राख्दछन् । अगाडिबाट उन्मत्त भैरवको रथ तानेर भद्रकाली रथ पछाडिको भाग जोत्न लान्छन् । रथ जुधाउँदाको अर्थ भने दुवैको रोमाञ्चकारी लुकामारी संज्ञा (सम्भोग) दिएको छ । यो रथ तान्ने तीन पटकसम्म हुन्छ । यो इन्द्रेश्वर, शिव र ब्रहृमयणीले हेरिरहने दृश्य हो । उन्मत्त भैरवको र भद्रकालीको रथ जुधाउन सकेपछि, इन्द्रेश्वर, शिव, महादेवको रथ र भद्रकाली रथसँग पनि अगाडिबाट तीन चोटि जुधाउँछन् ।

यसरी रथ जुधाउँदा महिलाले नदेखून् भनेर सिन्दुर र अबिर छ्यापाछ्याप गर्ने चलन छ । महिलाले हेर्न नहुने सत्य युगमा भएको घटनाको आधारमा यो जात्रा पर्व मनाइराखेको हो । लुकामारी गरेको घटनामा सत्यता धेरै छ । अनुसन्धानको आधारमा भन्ने हो भने यो ठीक छ । यो सम्भव पनि छ । यो जात्रा पहिले राति गर्ने चलन थियो । समय र परिस्थितिले गर्दा अहिले आएर यो जात्रा दिउँसो चलाएका छन् । त्यति बेला यो घटना पनौतीमै भएको थियो भन्ने जनविश्वास छ ।

सत्ययुगमा देवीदेवताहरू पनौतीमा विराजमान भएको प्रमाणित हुन्छ । साथै नेपाल राष्ट्रभित्र पनौतीमा सत्ययुगदेखि नै मानिस बसेका थिए भन्ने छ । मानिसले लुकामारी (सम्भोग) गरेको नदेखेको भए यो जात्रा हुँदैनथ्यो । त्यस्तो देखेर नै यो जात्राको रूपमा मनाउने चलन चलेको हो । दैलेखमा बृन्दाशयनी मेला हुन्छ । दुम्जी पर्व समाप्त हुन्छ । हुमागाई थरका मानिसको कुल देवताका रूपमा पनि पूजा गरिन्छ ।

जेष्ठ कृष्णपक्षमा भलभला अष्टमी पर्दछ । यो दिनजय बागेश्वरी वत्सलेश्वरी पशुपतिको देवपतन (गोले) मा बालकलाई (बच्चालाई) त्रिशूलमा राखी अथवा त्रिशूलले घोचेर जात्रा हुन्छ । यस्तो जात्रा संसारमा कुनै पनि देशमा छैन । नेपालमा पनि देवपतनबाहेक अरू ठाउँमा छैन । यो अनौठो छ र यो हेर्न लायकको जात्रा हो । स्थानीय बासिन्दाले यो जात्रा सुरु गर्छन् । यही महिनाको अन्तिम एकादशीलाई योगिनी एकादशी भनिन्छ ।

यो एकादशीको दिनदेखि मुस्ताङको लोमान्याङ गाउँमा तिजी पर्व सुरु हुन्छ । यो एकादशीदेखि चर्तुदशीसम्म मनाइन्छ । यो असार महिनामा पर्न आउँदछ । यो धेरै प्रख्यात छ । यो पश्चिम खस समुदायले पनि मनाउँदछन् र यो पर्व शेर्पा, गुरुङ, विष्ट र आदिवासीहरूले मनाउँदछ । तिथिले चल्ने भएकोले कहिलेकाहीँ यो पर्व असार महिनामा पर्न आउँदछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?