अति आवश्यक विकास योजना कार्यान्वयनका लागि नेपाली कांग्रेस बर्दियाको टोली काठमाडौंमा

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 3 mins

बर्दिया । जब्दिघाटको पुल मर्मतलगायतका २३ बुँदे माग राख्दै नेपाली कांग्रेस बर्दियाको टिमले अर्थमन्त्री र भौतिक पुर्वाधार मन्त्रीलाई भेट गरी तत्काल काम थालनी गर्न माग गरेको छ ।

नेपाली कांग्रेस बर्दियाको प्रतिनिधि मण्डलले बर्दिया जिल्लाको सम सामयिक वस्तु स्थिति तथा समस्याको बारेमा अवगत गराउदै जिल्लामा अति आवश्यक विकास योजना कार्यान्वयनका लागि नेपाल सरकारका माननीय अर्थमन्त्री प्रकाशशरण महत तथा भौतिक पुर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई भेट गरी २३ बुदे माग प्रस्तुत गरिएको नेपाली कांग्रेस बर्दियाका सचिव जग्गा प्रसाद पाण्डेले बताउनु भयो ।

नेपाली कांग्रेस बर्दियाका सभापति अरुणप्रकाश शिंह राठौर, सचिव जग्गा प्रसाद पाण्डेलगायतको टिमले भेट गरी तत्काल कार्यान्वयनका लागि पहल गर्न माग गरेको हो । प्रतिनिधि मण्डलले जब्दिघाटको नयाँ पुल निर्माणको कार्य अबिलम्व शुरु गरिनुपर्ने, भुरिगाँउ तेलपानी सडकको निर्माण कार्य यसै वर्ष देखि सुरु गरिनु पर्ने, बबई सिचाई आयोजना अविलम्ब पुरा गर्न आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने, राजापुर सिंचाई परियोजनाको दोस्रो चरणको कामका लागि बजेट बिनियोजन गर्नु पर्ने , बर्दियामा सधै अत्यन्त कमि हुने गरेको रासायनिक मल तथा विउको तत्काल पर्याप्त व्यवस्था गरिनुपर्ने, बर्दियामा मुक्तकमैया पुनर्स्थापना कार्य पुरा नहुदै मुुक्तकमैया पुनस्र्थापना समिति विघटन भएको छ तसर्थ बाँकी मुक्तकमैया अव्यवस्थित वसोवासी तथा भुमिहिन सुकुम्वासी समस्या तत्काल समाधान गरियोस, बर्दियाको गुलरिया मुर्तिहानाका अविलम्ब सुरु गरिनु पर्नेलगायतका २३ बुँदे माग गरिएको छ ।

जवाफमा मन्त्रीद्धयले समस्याको विषयमा आफुहरु गम्भिर भएको बताउदै तत्काल कार्य अगाडि बढाउने विश्सास व्यक्त गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?