स्क्वास फाइनलमा सिंह र थापाको भिडन्त

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अरहन्त सिंह र अमृत थापा मगरबीच ओलम्पिक डे स्क्वास प्रतियोगिताअन्तर्गत पुरुष एकलको फाइनल भिडन्त हुने भएको छ । नेपाल स्क्वास एन्ड र्‍याकेट्स संघको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत सेमिफाइनलमा अरहन्तले दिपक थापालाई ११-४, ११-४, ११-६ तथा अमृतले अमिर ब्लोनलाई ११-६, ११-४, ११-९ को सोझो सेटमा हराउनुभयो ।

महिला सेमिफाइनलमा विपनाले स्वस्थानी श्रेष्ठलाई ११-२, ११-९ र १४-१२ तथा कृष्णाले अनुभवी भावना सुनुवारलाई ४-११, ११-३, ११-३, ११-६ ले पराजित गर्नुभयो । यसैगरी, भेट्रान्स (५० वर्षमाथि) को फाइनल विनोद शाक्य र प्रवीण कंसाकारबीच हुनेछ ।

यसैबीच ओलम्पिक दिवसकै अवसरमा काठमाडौं जिल्ला सुटिङ संघले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा शुक्रबार वृक्षारोपण र सरसफाइ गरेको छ । कार्यक्रमको नेपाल ओलम्पिक कमिटीअन्तर्गत स्पोर्ट्स फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले उद्घाटन गर्नुभयो ।

कुमार दर्शन स्मृति प्रतिष्ठानले कार्यक्रमका लागि टिसर्ट, ब्यानर र खानाको प्रायोजन गरेको प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका कार्यक्रम संयोजक राजु दर्शनले जनाउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?