बाढी-पैरो अझ कति अनावृष्टि वा अल्पवृष्टि ।
जग्गा उम्दा घर-बगर भै, मासिए अन्न सृष्टि ।।
हाम्रा राम्रा, धवल चुचुरा, बन्न थाले उजाड ।।
लोभै लाग्दा, हिमतल फुटी, भासिँदैछन् पहाड ।। १।।
झर्ना छाँगा, छङछङ हुँदै, फूल छर्थे सुवास ।
क्वैली बोल्थे, मधुर लयमा, व्योम फाल्थ्यो प्रकाश ।।
हावा चल्दै, वर पिपलुका, स्वस्थ थ्यो गाउँबेँसी ।
ऐले बाढी, चरम छ सुखा, मैलियो भूमि बेसी ।। २।।
हाम्री राम्री प्रकृति जननी, माथि गर्दै बिगार ।
स्रष्टा नीति नियम नबुझी, ज्यादती भो असार ।।
फाँड्यौँ धेरै रूख र बिरूवा, गन्दगी गण्डकी छन् ।
पड्कन्छन् ती बम गन मिसाईल ग्यासादि झन-झन् ।। ३।।
नास्यौँ त्यस्ता, हरित गृह नै, घट्दछन् प्राणवायु ।
सिङ्गै धर्ती, विचलित बनिन्, छोटियो पूर्ण आयु ।।
ठूला ठूला, अणु-परमणु, जाँच गर्दै रमायौँ ।
कार्बन्डाई, विष विपद्का, वस्तुमात्रै कमायौँ ।। ४।।
थोत्रा गाडी, सडकभरि नै, गर्दछन् हूलदङ्गा ।
धूलो उस्तै, गजगज हिलो, छैन आकाश चङ्गा ।।
राम्रो वाता-वरण मइलो, पार्न लाग्यौँ मनुष्य ।
हामी मान्छे गलत लतमा, बाल्न थाल्यौँ पशुत्व ।।५।।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच