काठमाडौं । वासु शशी स्मृति परिषद्ले आइतबार काठमाडौंको अनामनगरस्थित डालो रेस्टुरेन्ट वरिष्ठ सर्जक कृष्ण जोशी र गीतकार, स्रगीतकार एवं गायक योगेश वैद्यको स्मृतिसभाको आयोजना गरेको छ । परिषद्का अध्यक्ष वरिष्ठ सर्जक गणेश रसिकको सभापतित्वमा आयोजित सो सभामा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, गीतकार दिनेश अधिकारी, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले दुवै सर्जकका बारे आ-आफ्नो मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा वासु शशी स्मृति परिषद्ले नेपाली साहित्यमा क्रियाशील तीन सर्जकलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । यसपटक ‘वासु शशी साहित्य सम्मान-२०८०’ वरिष्ठ गीतकार किरण खरेललाई र ‘वासु शशी साहित्य पुरस्कार-२०८०’ पुरस्कार प्रतिसरा सायमिलाई प्रदान गरिने घोषणा गरिएको छ । यसैगरी यसैपटक स्थापना गरिएको ‘कृष्ण सरस्वती साहित्य पुरस्कार’ डा.विष्णु राईलाई प्रदान गरिने पनि उक्त अवसरमा जानकारी गराइएको थियो ।
सो सम्मान तथा पुरस्कार वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८८औं जन्मजयन्तीको अवसरमा आगामी चैत १३ गते प्रदान गरिने र उक्त पुरस्कारको राशि २५ हजार रहेको परिषद्का सचिव प्रद्युम्न जोशीले जानकारी गराउनुभयो । उहाँले राधेश्याम लेकालीको संयोजकत्वमा प्रद्युम्न जोशी र सुमन वर्षा रहेको तीन सदस्यीय समितिको सिफारिशमा सो निर्णय गरिएको पनि उल्लेख गर्नुभयो । गायिका रीता महर्जनले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाका सचिव जोशीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच