सरकार जनतालाई कहिलेसम्म रैती सम्झने ?

Read Time = 7 mins

✍️ पुरुषोत्तम घिमिरे

देशमा लोकतान्त्रिक गणतन्त्र छ तर जनतालाई रैतीको व्यवहार गरिन्छ । स्वतन्त्रता भनिएको छ तर स्वतन्त्रताको पराकाष्ठा भएको छ । स्वतन्त्रता भनेको के हो ? केलाई स्वतन्त्रता भनिन्छ भन्ने जानकारी नहुँदा यो अवस्था आएको हो । माक्र्स र लेनिनका कुरा गरेर नथाक्ने नेपालका कम्युनिष्टहरूको रबैया देख्दा माक्र्स र लेनिन पनि अचम्म मान्दा हुन् । प्रजातन्त्र लोकतन्त्र भन्ने कांग्रेसको रबैया देख्दा बीपी कोइरालालगायत नेताहरू अचम्ममा पर्दा हुन् । देशमा परिवर्तन त धेरै आए तर जनतामा कुनै परिवर्तन आएन । गरिब झन् गरिब बन्दै गयो धनी झन् धनी बन्दै गयो । देशमा सधैं राजनीतिक अस्थिरता भयो ।

जनताले नेतालाई विश्वास गरे नेताले जनतालाई सधैं धोका दिए । कम्युष्टिलाई दुई तिहाइको सरकार बनाउन दिए । कांग्रेसलाई दुई तिहाइको सरकार बनाउन दिए तर कसैले जनमतको कदर गर्न सकेनन् । एकले अर्कालाई हानी गरेरै आफ्नो राजनीतिक अभिष्ट पूरा गरे । जनता सधैं रैती हुनुपर्ने । नेतालार्ई सधैैं हजुर भन्नुपर्ने व्यावस्थालाई लोकतान्त्रिक गणतन्त्र भनिँदो रहेछ । हिजो राणा शासनमा पनि यस्तो थिएन । जनताले गरेर खान पाउँथे अहिले त गरेर खान पाउने अवस्था पनि रहेन । हिजो राणा शासनमा राणाको विरुद्धमा बोल्न पाइँदैन थियो । आज नेताको विरोधमा बोल्न पाइँदैन फरक के भयो ? राणा शासनको शैलीमा जनतामा हैकम जमाउँछन् ।

बल्ल थाहा हुँदैछ करमाथि कर थोपरेर गरिने व्यावस्थालाई लोकतान्त्रिक गणतन्त्र भनिँदो रहेछ । लोकतन्त्रमा जनताको आवाज सर्बेसर्बा हुन्छ भन्थे त्यो पनि भनाइमात्र रहेछ । जनता सधैं रैती हुनुपर्ने व्यावस्थालाई लोकतान्त्रिक गणतन्त्र भनिँदो रहेछ । जनताले नेता बनाए । त्यही नेताले जनतालाई रैती बनाए हिजो र आजमा फरक चाहिँ के भयो ? हिजो राजाले जनतामाथि शासन गरेका थिए आज नेताले जनतामाथि शासन गरेका छन् । खाने मुखमात्र फरक होइन र ? जनताले चुनेको नेतालाई सधैं हजुर भन्नु परेपछि जनता रैती नभए के भए त ?

सरकारी अड्डा अदालत जुनसुकै कार्यालयमा काम लिएर जाऊँ पहिला नै कमिसन छुट्टयाउनुपर्छ । विनाकमिसन कर्मचारी कलम नै चलाउँदैनन् । मोलपोत कार्यलय, नापी विभाग, यातायत व्यावस्था विभाग जस्ता ठाउँमा जनताले कहिले सर्वसुलभ काम गराउन सक्दैनन् ? बिचौलियाको भर नपरी कामै हुँदैन । सरकारलाई कर तिर्न जाँदासमेत बिचौलियाको साथ लिनुपर्छ भने कस्तो लोकतान्त्रिक गणतन्त्र आएछ हाम्रो देशमा । सेवाग्राहीलाई कर्मचारी दोस्रो दर्जाको नागरिक सम्झन्छन् । जनताले तिरेको करबाट तलब भत्ता खान्छन् । त्यही जनताको काम समय कहिल्यै गदैनन् । काम गर्न कि पैसा चाहियो कि नेताको पावर लगाउनु प¥यो । यस्तो बेथिति कहिले हट्ला ?

यातायत व्यावस्था विभागले इम्बोस्ड नम्बर प्लेट नलिने सवारीसाधनलाई कारबाही गर्ने भन्ने नीति ल्याएको छ । यो सरासर गलत हो । हामीले भनेर सुध्रने त होइन तर गलतलाई गलत भन्नुपर्छ भनेर लेखेको हो । इम्बोस्ड नम्बर प्लेट नभएको सवारीसाधन नामसारी नहुने । किनबेच पनि नहुने भनेर जनतालाई जबरजस्ती लाद्न पाइन्छ ? जनताको मौलिक हकअधिकार हनन् गर्दै छ वर्तमान सरकार । किन चाहियो इम्बोस्ट नम्बर प्लेट ?

अहिलेको नम्बर प्लेटमा समस्या चाहि के आयो ? हाम्रो भाषा कमजोर भएर विदेशी भाषामा नम्बर पेलेट लेखेको हो ? किन यसरी हाम्रो भाषालाई कमजोर बनाइँदै छ ? देवनागरी लिपिमा लेख्नुपर्ने नम्बर प्लेट किन अंग्रेजी भाषामा लेखिँदैछ ? हाम्रो भाषा हाम्रो संस्कृति रीतिरिवाज एक एक गरी नष्ट गर्ने काम सरकारले गर्दैछ । यो आमनागरिकको आवाज हो । सरकार राम्रो गर्न नसके पनि नराम्रो नगरोस् भन्ने सबैको चाहना हो । जनतालाई सास्ती नेतालाई मस्ती कहिलेसम्म भइरहने । यातायत व्यावस्था विभागले किन यस्तोे गैरजिम्मेवार व्यवहार गरेको । एउटा सवारीसाधनको लाइसेन्स लिनका लागि वर्षौं धाउनुपर्छ त्यो पनि सजिलोसँग पाइँदैन ।

लाइसेन्सन रिन्यु गर्न दियो भने एक वर्षसम्म लाइसेन्स पाइँदैैन । लाइसेन्सका लागि दर्ता गरेको फर्म सबै रद्ध भनेर सूचना जारी गरेको छ । यातायत व्यवस्था विभागले जे गरे पनि जायज हुने हो र ? सरकारी कर्मचारीले नागरिकको काम सर्वसुलभ तरिकाले कहिले गर्ने ? पैसा पायो भने तुरुन्त गर्ने पैसा नपाए कामै नगर्ने गरे ढिलासुस्ती गरिन्छ । जनताले पैसा तिरेर लाइसेन्स लिन्छु भनेपछि नीतिनियम पु¥याएर सर्वसुलभ तरिकाले दिए भएन र ? किन झमेला गर्नु प¥यो ? सरकारलाई राजस्व चाहिएकोे होइन ? जनताले लाइसेन्स लिएपछि राजस्व त आइहाल्छ नि  !

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?