कास्कीमा बस दुर्घटना : दुईजना घाईते, तस्बिर भाइरल

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पोखराको लेखनाथमा बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

लेखनाथ क्षेत्रको आरुपाटाबाट पोखरा आउँदै गरेको ग१ख ८६८० नम्बरको बस अर्चले भन्ने ठाउँमा दुर्घटना भएको हो ।

चालक र सहचालकमात्र रहेकाे बस दुर्घटनामा बसका चालक टीकाराम बिक र सहचालक सालिकराम सुवेदी घाईते भएका छन् । घाईतेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुँदै छ ।

सडकमा ठाडै उभिएको बस दुर्घटना भएको तस्बिर र भिडियो यतिखेर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?