✍️ निरञ्जन मैनाली
बाराका विभिन्न सञ्चार माध्यममा विसं. २०५१ सालदेखिको चर्चा पाएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं–निजगढ फाष्टट्र्याक, पूर्व-पश्चिम रेलमार्ग, सिमराको औद्योगिक कोरिडोर, निजगढ स्मार्ट सिटी र कोहल्वी पातालगंगा सिमसार क्षेत्रलगायत निर्माण हुने हल्लाले यस जिल्लाको जग्गाको भाउ दुई वर्ष अघिदेखि अत्यधिक वृद्धि भएको कुरा सर्वविदितै छ । त्यसपछि सिमरा मालपोत कार्यालयको तथ्यांकअनुसार आर्थिक मन्दीका कारण राजस्व संकलनमा कमी आएको र चालु आर्थिक वर्षमा १३ करोड ३३ लाख रजिष्ट्रेसन शुल्क र एक करोड २६ लाभप्रद संकलन हुनु यो वर्षकै न्यून हो ।
माथि भनिएका आयोजनाको उक्साहटबाट बीस प्रतिशत खुम्चिनु हामीहरूका लागि दुर्भाग्य हो । यो भने हालको अवस्थामा सुधार हुनेवाला देखिँदैन । सरकारले जग्गा कारोबारतर्फ गतिशीलतामा सक्रियता देखाए पनि किन्नेभन्दा बिक्री गर्नेको संख्या धेरैको ऋणमा भएको कडाइलाई सरलीकरण गर्दै गए पनि जग्गाको किनबेच ज्यादै न्यून हुनु बाराका जनताका लागि दुःखद हो । तीनै पालिकाको राजमार्गबाट भित्री सडकमा रहेका राम्रा घडेरी धुरको तीन लाखमा पनि किन्ने मान्छे भेटिँदैन । यदि सरकारले बाराका जनताको समृद्धि चाहने हो भने राष्ट्रिय गौरवका आयोजनाहरू समयमै सम्पन्न गर्नुका साथै उद्योगहरू सधैँ सञ्चालन गराउनु र बेरोजगारहरूलाई रोजगारी व्यवस्था मिलाउनेतर्फ केन्द्रित हुनु जरुरी छ ।
बारा, कोल्हवी
हाल : काठमाडौं ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच