काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि भियतनामका राजदूत न्हुएन थान हाईले भेट गर्नुभएको छ । भारत र भुटानका लागि समेत भियतनामी राजदूत रहनुभएका न्हुएन थान हाई काठमाडौंमा आयोजित लगानी सम्मेलनका लागि नेपाल आउनुभएको हो । राजदूत न्हुएन थान हाईले उपराष्ट्रपतिसमक्ष दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुग्नै लागेको उल्लेख गर्दै दुर्ई मुलुकबीच लगानी अभिवृद्धिमा सहकार्यमा जोड दिनुभयो । नेपाल बुद्ध जन्मस्थल भएकाले भियतनामबाट ठूलो संख्यामा पर्यटक नेपाल आइरहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा पर्यटनलगायतका क्षेत्रमा सहकार्य गर्न आफ्नो मुलुक इच्छुक रहेको जानकारी गराउनुभयो । उपराष्ट्रपति यादवले नेपालले भियतनामसँगको सम्बन्ध अझै विस्तार गर्न चाहेको बताउनुभएको थियो । सो अवसरमा नेपालका लागि भियतनामका अवैतनिक वाणिज्यदूत राजेशकाजी श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
यसैबीच उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भियतनामी लगानीकर्ताका लागि नेपाल आकर्षक गन्तव्य हुनसक्ने बताउनुभएको छ । नेपालमा तीव्र आर्थिक विकासका लागि ठूलो परिमाणमा वैदेशिक लगानी आवश्यक रहेको उल्लेख गदै उहाँले भियतनामी लगानीकर्ताका लागि सहजीकरण गर्न सरकार तयार रहेको बताउनुभयो । नेपालस्थित भियतनामका गैरआवासीय राजदूत न्हुएन थान हाईसँग सोमबार भएको भेटमा उपप्रधानमन्त्री श्रेष्ठले दुर्ई मुलुकबीचको कूटनीतिक सम्बन्ध थप प्रगाढ बनाउँदै आर्थिक क्षेत्रमा सहकार्यमा जोड दिनुभएको हो । भियतनामसँग नेपालले पर्यटन, कृषिलगायतका क्षेत्रमा सहकार्य गर्न चाहेको उहाँको भनाइ थियो ।
राजदूत न्हुएन थान हाईले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुग्नै लागेको उल्लेख गर्दै लगानी सहजीकरणमा आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भियतनामबाट सिधा हवाई उडान सम्भाव्यताबारे आफूहरूले हेरिरहेको जानकारी गराउँदै सिधा उडानले पर्यटनमा ठूलो टेवा पुग्ने बताउनुभयो ।
नेपाल बुद्ध जन्मस्थल भएकाले भियतनामबाट ठूलो संख्यामा पर्यटक नेपाल आइरहेको उल्लेख गर्दै आगामी दिनमा पर्यटनलगायतका क्षेत्रमा सहकार्य गर्न आफ्नो मुलुक इच्छुक रहेको उहाँको भनाइ थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच