
काठमाडौं । साहित्यकार दिव्य गिरीको दोस्रो कथासंग्रह ‘ईश्वरको अनुहार’माथि अन्तर्क्रिया भएको छ । शब्दपथको आयोजनामा काठमाडौंमा एक कार्यक्रमबीच उक्त कृतिको अन्तक्र्रिया गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्राडा.गोविन्दराज भट्टराईले कथाकार दिव्य गिरीसँगको सम्बन्धको चर्चा गर्दै गिरीका कथाहरू मूल्यवान रहेको जिकिर गर्नुभएको थियो ।
कार्यक्रममा अग्रज कथाकार सनत रेग्मी, प्राडा.सुरेन्द्र केसी तथा शारदाका सम्पादक विमल भौकाजीले आ-आफ्ना भनाइ राख्नुभएको थियो । शब्दपथका प्रधान सम्पादक तथा कथाकार किशोर पहाडीले कृतिभित्रका पाँच कथा ‘सनाखत’, ‘मुक्ति’, ‘फोटो’, ‘परिवर्तनपछि बिर्खबहादुर’ र ‘अज्ञात समूह’ माथि .पाठकीय टिप्पणी राख्नुभएको थियो । कार्यक्रममा लेखकहरू प्राडा.अञ्जना वस्ती भट्टराई, भवानी खतिवडा र अनिता कोइरालाले कृतिभित्रका अन्य कथाहरूमाथि टिप्पणी गर्नुभएको थियो भने कथाकार गिरीले आफ्ना भनाइ राख्नुभएको थियो ।
utkrist katha sanggrah