एन्जल्स एसइइ कप बास्केटबल भोलिदेखि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एन्जल्स हार्ट मावि-कलेजको संयुक्त आयोजनामा प्रथम एन्जल्स एसइइ कप थ्री अन थ्री छात्र बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ६४ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गर्ने एन्जल्स हार्टका प्रिन्सिपल धनबहादुर पुनले बताउनुभयो । प्रतियोगिता विजेताले १० हजार र उपविजेताले ७ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

सेमिफाइनलमा रोकिने टिमलाई पनि नगद पुरस्कार छ । त्यस्तै पहिलो हुनेलाई १०० प्रतिशत र दोस्रोलाई ७५ प्रतिशत छात्रवृत्ति एन्जल्स हार्टमा प्रदान गरिने छ ।

सेमिफाइनलिस्ट र सहभागी टिमलाई पनि ३० प्रतिशत छात्रवृत्ति प्रदान गर्ने एन्जल्स हार्ट एजुकेसन फाउन्डसेन प्रा.लि. का अध्यक्ष लिलबहादुर पुनले जानकारी दिनुभयो ।

आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब एक लाख ६ हजार रुपैयाँ खर्च हुनेछ । दुईदिने प्रतियोगिताका खेलहरू मनमैजुस्थित एन्जल्स हार्ट स्कुल र एन्जल्स स्पोर्ट्स एकेडेमीको कोर्टमा खेलाइने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?