एक वर्षमै शिखरको पाँच अर्ब प्रिमियम

Read Time = 1 min

काठमाडौं । शिखर इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०७८/०७९ मा पाँच अर्ब रुपैयाँ प्रिमियम संकलन गरेको छ । जुन नेपालको निर्जीवन बिमा व्यवसायमा सर्वाधिक प्रिमियम हो । कम्पनी आव २०७७/०७८ को तुलनामा २५.९५ प्रतिशतले प्रिमियम वृद्धि गर्न सफल भएको छ ।

पाँच सय करोड क्लबमा प्रवेश गरेसँगै शिखर इन्स्योरेन्स कम्पनीले केक काटेर सेलिब्रेसन गरेको छ । नेपालको निर्जीवन बिमा व्यवसायमा शिखरको हिस्सा झण्डै १५ प्रतिशत रहेको छ भने शाखा सञ्जाल एक सय १० रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?