गाजामा प्यालेस्टिनीको मृत्युको संख्या ४० हजार नजिक

फाइल तस्बिर

काठमाडाैं । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या झन्डै ४० हजार पुगेको छ । गाजास्थित स्वास्थ्य अधिकारीहरूले विगत २४ घण्टाको अवधिमा इजरायली सेनाले ३६ जनाको ज्यान लिएको छ बताएका छन् । ५४ जना घाइते भएका छन् ।

जसबाट कुल मृत्यु हुनेको संख्या ३९ हजार ९६५ पुगेको छ । सन् २०२३ को अक्टोबरमा प्यालेस्टिनी-इजरायली संघर्ष शुरु भएदेखि ९२ हजार २९४ जना घाइते भएका छन् । त्यहाँ अझै पनि धेरै पीडितहरू भग्नावशेषमुनि र सडकहरूमा छन् ।

यसैबीच बुधवार मध्य गाजा पट्टीको नुसेरात शिविरमा रहेको एउटा घरमा इजरायली बमबारीबाट सात जनाको मृत्यु भएको छ भने इजरायली सेनाले खान युनिस शहरको एक आवासीय अपार्टमेन्टमा बमबारी गर्दा चार जनाको मृत्यु भएको प्यालेस्टिनी आधिकारिक समाचार संस्थाले जनाएको छ ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले बुधवार सेनाले दक्षिणी र मध्य गाजामा कारबाही जारी राखेको जनाएको छ ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?