मिर्मीमा पनि फाइबर टु द होम सेवा

Read Time = 1 min

स्याङ्जा । नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङले स्याङ्जाको पर्यटकीय शहर मिर्मीमा अप्टिकल फाइबरमा आधारित उच्च गतिको फाइबर टु द होम सेवा सुरु गरेको छ । गल्याङमा पुरानो तामाको तारबाट सञ्चालित सबै सेवाहरू पूर्ण एफटिटिएचमय भई कपर फ्री नेटवर्क बनेको छ । कपर फ्री नेटवर्क हुँदा अव्यवस्थित तारलाई व्यवस्थित गर्न समेत सहज हुने कम्पनीले जनाएको छ ।

तामाको तारमा आधारित नेटवर्कको सट्टा अप्टिकल फाइबरमार्फत् एउटै रेशाबाट ब्रोडव्यान्ड इन्टरनेट, भ्वाइस, टेलिभिजन तथा मोबाइल डेटा उपलब्ध हुने गरी सेवा उपलब्ध गराइएकाले उपभोक्तालाई सहज भएको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराका प्रमुख इन्दल यादवले बताउनुभयो ।

गण्डकी प्रदेशका शहरी तथा ग्रामीण क्षेत्रका अधिकांश ठाउँमा एफटिटिएच सेवा क्रमिक विस्तार गर्दै उपभोक्ता लक्षित सेवा उपलब्ध गराइने उहाँले जानकारी गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?