एसियाली खेलकुदको नयाँ मिति

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । कोभिड-१९ संक्रमणका कारण स्थगित भएको १९औँ एसियाली खेलकुदको नयाँ मिति तोकिएको छ । ओलम्पिक काउन्सिल अफ एसियाले २३ सेप्टेम्बरदेखि ८ अक्टोबर २०२३ सम्म हान्झाउमै प्रतियोगिता आयोजना गर्ने पक्का गरेको छ ।

यसअघि सन् २०२२ सेप्टेम्बर १० देखि २५ मा हुने भनिएको एसियाड चीनमा पुनः कोभिड १९ महामारी फैलिने डर बढेपछि स्थगित भएको थियो । नेपालमा पनि एसियाडका लागि खेलाडी छनोट तथा प्रशिक्षण जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?