‘एनएमबी स्मार्ट नारी बचत खाता’

Read Time = 1 min

काठमाडौं । एनएमबी बैङ्कले नारीहरूका लागि विशेष सुविधायुक्त एनएमबी स्मार्ट नारी बचत खाता ल्याएको छ । एनएमबी बैङ्कले देश तथा विदेशमा बस्ने नेपाली महिलालाई लक्षित गरी आकर्षक बचत योजना ‘एनएमबी स्मार्ट नारी बचत खाता’ प्रस्तुत गरेको हो ।

महिलालाई बचततर्फ प्रोत्साहित गर्ने र डिजिटल कारोबारमा सक्रिय बनाउने प्रयासस्वरूप योजनाअन्तर्गत मेडिकल÷स्वास्थ्य जाँचमा गरिने डिजिटल भुक्तानीमा वार्षिक पाँच हजारसम्म क्यासब्याकसमेत प्राप्त गर्न सकिने बैङ्कले जनाएको छ ।

त्यसैगरी निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, डलर कार्ड, मेरो सेयर, डिम्याटलगायतका सुविधा पनि रहेका छन् । योजनाअन्तर्गत ग्राहकले रिटेल कर्जा र महिला उद्यमशील कर्जामा ०.२५ प्रतिशतसम्म विशेष छुट पनि प्राप्त गर्न सक्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?