रेखाले मोरङ-३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिने

Read Time = 2 mins

काठमाडौं । अभिनेत्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने हुनुभएको छ । थापाले मोरङको क्षेत्र नम्बर-३ बाट सांसद पदका लागि उम्मेदवार बन्ने घोषणा गर्नुभएको हो ।

यसअघि नै उहाँलाई पार्टीको स्थानीय समितिले उम्मेदवारीमा सिफारिश गरेको थियो । मंगलबार भने मोरङ पुगेर उहाँले आधिकारिक रूपमा उम्मेवारी घोषणा गर्नुभएको हो । रेखाको घर सुन्दरहरैंचा मोरङ क्षेत्र नम्बर-३ मा पर्छ । गृहजिल्लाकै स्थानीय कार्यकता र जनताको आग्रहमा आफू चुनावी मैदानमा होमिएको उहाँले बताउनुभएको छ । महिला नेतृहरू पनि प्रत्यक्ष निर्वाचनमा आउनुपर्छ भन्ने सोचका कारण चुनाव लड्न तयार भएको थापाले सुनाउनुभएको छ ।

यसैगरी अन्य कलाकारहरू पनि उम्मेदवारी घोषणा गर्ने तयारी गरेको बुझिएको छ । आधिकारिक रूपमा कलाकारहरूको लिष्ट सार्वजनिक नभए पनि नाम चलेकै केही कलाकार उम्मेदवारी दिने तयारी गरेको बुझिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?