गुणस्तरीय शिक्षाका लागी अंग्रेजी विषयगत शिक्षकलाई पुर्नताजकी तालिम

हिमालय टाइम्स
Read Time = 4 mins

-विजय रावत
जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाको शिक्षा तथा खेलकुद शाखाले पालिकाभित्रका आधारभुत तहका अंग्रेजी विषयगत शिक्षकलाई पाँच दिने पेशागत क्षमता विकास सम्बन्धी पुर्नताजकी तालिम संचालन गरेको छ ।

असोज १ गतेदेखी ५ गतेसम्म संचालन भएको तालिमलाई बुधबार समापन गर्दे गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले “गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयमा अंग्रेजी शिक्षालाई थप गुणस्तरीय गर्नकाे लागी शिक्षकलाई पाँचदिने अंग्रेजी पुर्नताजकी तालिमले महत्वपुर्ण भुमिका खेलेको बताउनुभयाे । उहाँले भन्नुभयो,“ विद्यालयलाई थप प्रभावकारी बनाउनका लागी सबै शिक्षकको अति महत्वपुर्ण भुमिका र कर्तव्य रहेको छ । पहिलो पटक यो तालिम संचालन गरेका छौ । आधारभुत तहबाटै अब सबै विद्यालयमा अंग्रेजी माध्यमबाट पढाई हुने भएको छ ।”

विद्यालयमा विद्यार्थीलाई अंग्रेजी विषयको पढाईमा आकर्षण गर्नका लागी तालिमबाट सिकेको कुरा कार्यन्वयन गर्न शिक्षकको काँधमा आएको अध्यक्ष धितालले बताउनुभयो । शिक्षक,कर्मचारीको क्षमता अभिवृद्धि गर्न गाउँपालिका सधै लागी परेको उहाँकाे भनाई छ । आफ्नो कर्तव्य र जिम्मेवारी पुरा गर्ने सबै शिक्षक र कर्मचारी एक आपसमा सहकार्य र समन्वय गरेर अधिबढे सिंजाको विकास र सेवा प्रवाहमा चुस्त हुने अध्यक्ष धितालले जानकारी दिनुभयो ।

तालिमका प्रशिक्षक मणिराम शर्माकाे अंग्रेजी सिकाई तालिम यो ४२ औं हो । उहाँले  स्वेदश तथा विदेशका विश्वविद्यालयबाट सिकेको ज्ञान एक आपसमा आदनप्रदान गर्न पाउँदा आफ्ना लागी खुसीको कुरा भएको बताउनुभयो । तालिम अवधिभर सिकाएका कुरा सिंजा गाउँपालिको शिक्षा मास्टर योजना प्रालीका समावेश गरे शिक्षामा केही सुधार हुने प्रशिक्षक शर्माले बताउनुभयो । तालिमका सहभागी शिक्षक शिवनन्द शर्माले अंग्रेजी विषयगत तालिमले थप अध्यापनमा प्रभावकारी भुमिका खेलेको बताउनुभयाे । पालिकाले पनि यस्ता प्रकारका तालिम शिक्षकलाई दिन जरुरी रहेको बताउनुभयो । तालिमबाट सिकेका कुरा व्यवहारमा उतार्नु पर्ने शिक्षक तिर्थ प्रसाद अधिकारीकाे भनाई छ ।

गाउँपालिकाले पहिलो पटक शिक्षकका लागी काठमाडौबाट प्रशिक्षक ल्याएर अंग्रेजी विषयका शिक्षकलाई गुणस्तरीय तालिम प्रदान गरेकोमा सिंजा गाउँपालिकाले नमुना काम गरेको तालिमका सहभागी शिक्षक भगवती रावलले बताउनुभयो । पालिका भित्रका २२ वटा आधारभुत तहका अंग्रेजी विषयका शिक्षकहरु तालिममा सहभागी भएको सिंजा गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?