‘मिलन’ को ट्रेलर सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘मिलन’को ट्रेलर सार्वजनिक गरिएको छ । यही कात्तिक १८ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको यो चलचित्रको सोमबार काठमाडौंमा एक कार्यक्रमबीच प्रेम र बिछोडले भरिएको ट्रेलर सार्वजनिक गरिएको हो ।

टेक पौरखी राईको लेखन तथा निर्देशन रहेको यो चलचित्रको सार्वजनिक तीन मिनेट लामो ट्रेलरमा अभिनेता सलोन बस्नेत र कुशल शाह ठकुरीको अभिनेत्री शिल्पा थापासँगको प्रेम र बिछोडमा केन्द्रित छ ।

चलचित्रमा सलोन, कुशल र शिल्पासँगै सुमिन गुरुङ, शिशिर बांगदेल र बिशोल पहाडीको मुख्य भूमिका छ । यसै चलचित्रबाट अभिनेता कुशल र अभिनेत्री शिल्पाले डेब्यु गर्दै हुनुहुन्छ ।

चलचित्रका निर्देशक टेक पौरखी राईले निर्देशन गरेको यो तेस्रो चलचित्र हो । यसअघि उहाँले ‘मट्टी माला’ र ‘माया पिरिम’ निर्देशन गर्नुभएको छ । निर्देशक राईले यसअघिका चलचित्र जस्तै ‘मिलन’ लाई पनि सबैले माया गरिदिने विश्वास व्यक्त गर्नुभयो । चलचित्रका निर्माता प्रविन थापाले विशेषगरी युवापुस्ताका लागि मन पर्ने चलचित्र निर्माण गरेको दाबी गर्नुभयो । चलचित्रको ट्रेलर ‘टाकुरा फिल्मस्’ को युट्युबमार्फत सार्वजनिक गरिएको छ ।

चलचित्रको निर्माण टिमले यसअघि पोष्टर र गीत सार्वजनिक गरिसकेको छ । चलचित्रमा जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापामगर लगायतका कलाकारको पनि अभिनय छ । काठमाडौं र कालिञ्चोकमा छायांकन गरिएको यो चलचित्रमा राहुल राईको छायांकन छ भने तारा किम्बे थापाको सम्पादन र भिएफएक्स टंकबहादुर राईको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?