हुम्लामा चारवटा मतदान केन्द्रको जिम्मा महिलालाई

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 3 mins

हुम्ला । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि हिमाली जिल्ला हुम्लामा चारवटा मतदान केन्द्रको जिम्मा महिलालाई दिइएको छ ।

जिल्लामा ५८ वटा मतदानस्थल रहेका छन् भने ५९ वटा मतदान केन्द्र रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सोही अनुसार मतदान अधिकृतका लागि नाम दिएका योग्यता पुगेका सबैलाई मतदान अधिकृत बनाइएको जनाइएको हो ।

जिल्लामा रहेका सिमकोट गाउँपालिका वडा नम्बर ५ मा रहेको भिमसेन आधाभूत विद्यालयमा सुधा सापकोटा, ६ मा रहेको कालाशिल्ता आधाभूत विद्यालयमा राजन चन्द, खार्पुनाथ गाउँपालिका वडा नम्बर तीनमा रहेको हुम्ला मावि रायामा पार्वती रोकाया र सर्केगाड गाउँपालिका वडा नम्बर तीनमा रहेको देवकोटा आधाभूत वद्यालयमा सरिता बोहरा गरी चार जना महिलालाई मतदान अधिकृतको जिम्मा दिइएको निर्वाचन कार्यालय हुम्लाका निमित्त अधिकारी श्याम बहादुर रानाले बताउनुभयो ।

चार जना महिला अधिकृत रहेको हुन् भने आठ जना महिलालाई सहयाक मतदान अधिकृतको जिम्मेवाररुी दिइएको छ । मुखय निर्वाचन अधिकृतको कार्यालयका अनुसार महिलालाई जिल्लामा यो पटकको चुनावमा प्रथामितामा राखेर निर्वाचनमा खटाइएको हो । गत बैशाखमा भएको स्थानीय चुनावमा भन्दा यो पटकको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा महिला कर्मचारी बढी खटाइएको छ ।

स्थानीय चुनावमा जिल्लामा ४४ जना महिलत्रा खटिएका थिए भने यो पटकको चुनावमा ७६ जना महिलालाई खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लाले जनाएको हो । निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृत हुन योग्यले दिएको उनिहरुको लिष्ट अनुसार खटाइएको हो । जिल्लाका प्रत्येक मतदान केन्द्रमा एक वा दुई जना महिला खटाइएको छ । यहाँ निर्वाचनका लागि साढे चार सय कर्मचारी खटिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?